के सुज्यान पुनः ऋतिकको घरमा फर्केलिन् त ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता हुन् ऋतिक रोशन । विगत ४ वर्षदेखि उनी विवादका घेरामा बढी देखिने गरेका छन् । केही वर्ष यता उनी कंगनासँगको विभिन्न विवादमा फसे । श्रीमती सुज्यानसँगको डिभोर्सपछि त उनी थप विवादको घेरामा तानिए ।

तर, पछिल्लो समय सुज्यानले ऋतिकलाई समर्थन गर्दै आइरहेकी छिन् । उनी र ऋतिक बारम्बार भेट गरिरहेका छन् ।

उनीहरु आफ्ना सन्तानका लागि भेट गरिरहेको बताए पनि उनीहरु एक हुन सक्ने सम्भावना पनि उत्तिकै बलियो भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म वारले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएको छ । फिल्मले सफलता पाएपछि पुर्वपत्नी सुज्यानले ऋतिकलाई बधाई दिएकी छिन् ।

उनीहरुको परिवार एक भएको हेर्न धेरैले चाहेका छन् । दुवै परिवार पनि उनीहरुलाई पुनः मिलन गराउन प्रयासरत रहेका छन् । तर, ऋतिकलाई अझै पनि सुज्यानले माफी नगरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *