चर्चामा मोदी, आमिर र शाहरुखको सेल्फी

एजेन्सी । एकै तस्बिरमा ३ जना व्यक्तित्वहरु जमघट भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुकको अफिसियल पेजबाट उक्त तस्बिर सार्वजनिक गरेका हुन् ।

तस्बिरमा स्वयं नरेन्द्र मोदी, बलिउडका स्टारद्वय आमिर खान र शाहरुख खान रहेका छन् ।

मोदीसँग शाहरुख र आमिरको सेल्फीमा दर्शकले गरे अक्षय कुमारको ट्रोल
हालै अभिनेता शाहरुख खानले ट्विटरमा सेयर गरेको एउटा सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा शाहरुख प्रधानमन्त्री नरेन्द्र मोदी र आमिर खानसँग छन् ।

शाहरुखले सेयर गरेको उक्त सेल्फीमा अक्षय कुमारको मीम बनाएर ट्रोल भैरहेको छ । अक्षय नभएको फोटोमा अक्षयको ट्रोल हुनुको कारण भनेको मोदी र अक्षयको चुनावपछिको निकटतालाई लिइएको छ ।

आम चुनावपछि अक्षय कुमारले मोदीको अन्तवार्ता लिएका थिए, जुन निकै चर्चित भएको थियो । अन्तवार्तापछि मोदीको फेभरेट अभिनेताको रुपमा अक्षय बताइएको थियो ।

तर मोदीका फेभरेट भनिएका अभिनेता अक्षय फोटोमा नदेखिएपछि सामाजिक प्रयोगकर्ताहरुले अक्षयको ट्रोल बनाएका हुन् । उक्त सेल्फी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बलिउड कलाकारहरुलाई आफ्नो घरमा एक कार्यक्रममा बोलाएको समयको थियो । जहाँ मोदीले महात्मा गान्धीको १५० औं जन्मजयन्ती वर्षको विषयमा चर्चा गर्दै कलाकारहरुलाई बायोपीक चलचित्रसम्बन्धी पनि कुरा सेयर गरेका थिए ।

इभेन्टमा शाहरुख र आमिरका साथै सोनम कपुर, कंगना रनौट, ज्याकलिन फर्नान्डिस, फिल्ममेकर राजकुमार संतोषी, नितेश तिवारी, अनुराग बासु, निर्माता एकता कपुर र बोनी कपुर पनि उपिस्थत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *