‘राधे’मा सलमानको जोडी बनिन् दिशा

सुटिङको मुखैमा ‘इन्शाअल्लाह’बाट बाहिरिएका सलमान खानले नयाँ सिनेमा ‘राधे’को सुटिङ सुरू गरेका छन्।सिनेमामा सलमानले दिशा पटानीसँग जोडी बाँध्ने भएका छन्। सलमान र दिशाका अलावा सिनेमामा रणदिप हुड्डाको प्रमुख अभिनय रहनेछ।प्रभुदेवाको निर्देशनमा बन्ने सिनेमा आगामी वर्षको ईदमा रिलिज हुनेछ।

ईदको मितिमा ‘इन्शाअल्लाह’ रिलिज नहुने भएपछि सलमानले आफ्नो प्रिय रिलिज डेटलाई खेर नफाल्न ‘राधे’ बनाउने घोषणा केही समय अगाडि गरेका थिए।सलमानको सुपरहिट एक्सन फ्रान्चाईच ‘दबंग ३’ २० डिसेम्बरमा रिलिज हुँदैछ।

जोनलाई कसले र किन उपहार दियो ३० लाख गाडी?
बलिउड अभिनेता जोन अब्राहम बाइक र गाडीका सौखिन हुन्।जोनको यसै कुरालाई ध्यानमा राख्दै ‘मुम्बई सागा’का निर्देशक संजय गुप्ताले ३० लाख भारू बराबरको एक पिकअप ट्रक उपहार दिएका छन्।उनले जोनलाई इसुजु डिम्याक्सको पिकअप ट्रक उपहार दिएका हुन्। संजयले जोनको कामबाट प्रभावित भएर यो गाडी उपहार दिएका हुन्।

‘मैले बाइक र कारको मामिलामा जोन जस्तो मान्छे देखेको छैन। उसँग कार र बाइकको राम्रो संग्रह छ। मैले उसको लागि पिकअप ट्रक किने किनकी यो उनको संग्रहमा छैन। यसको परिक्षण पनि हामीले साथमा गरेका थियौं र मलाई यसलाई उनले कति मनपराए भन्ने महसुस भयो। आफ्नो आँगनमा यसलाई पार्क गरेको देखेर उनी अचम्ममा परे’, उपहारपछि जोनको प्रतिक्रियाबारेमा बताउँदै संजयले भने।

संजयले यसअघि पनि जोनलाई कामबाट खुशी भएर सुपरबाइक दिएका थिए। उनले सन् २०१३ मा रिलिज भएको ‘शुटआउट एट वडाला’मा जोनले गरेको कामका लागि सो बाइक उपहार दिएका थिए।जोन र संजयले हालसम्म ‘जिन्दा’, ‘सुटआउट एट वाडला’ तथा ‘मुम्बई सागा’ गरी ३ सिनेमामा एकसाथ काम गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *