लुट्न सके लुट’-२ को तयारीमा पशुपति शर्मा

काठमाडौं– लोक गायक पशुपति शर्मा नयाँ गीतको तयारीमा जुटेका छन् ।‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गीत ल्याएर चर्चासँगै विवादमा तानिएका शर्माले अहिले लुट्न सके लुट भाग-२ को तयारीमा रहेको बताएका छन् ।

गायक शर्माले नयाँ गीतमा उनले देश र नेतालाई नभएर जुवा तास खल्ने, केही काम नगर्ने जस्ता युवाहरुलाई समेट्ने बताएका छन्।उनले गीतमा काम नगर्ने आमा-बुवालाई दुख दिने जस्ता कार्य गर्ने छोरा-छोरीलाई समेट्ने बताएका छन्।

स्वप्न सुमनले ल्याए ‘थाहा छैन’ (भिडियो)
काठमाडौं – युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्नो युट्युबमार्फत ‘बिर्सेको छैन’ बोलको गीत बजारमा ल्याएका हुन् ।

गीतमा स्वर शब्द र कम्पोजिसन स्वप्न सुमनकै छ । गीतमा छोडेर गइसकेकी आफ्नी प्रेमिकालाई अझै नबिर्सेको भाव व्यक्त गरिएको छ ।यस्तै गीतको भिडियोलाई अन्जन लिम्बुले खिचेका हुन् भने अर्जुन र प्रशन्न सिंह कार्कीले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *