पीएसजी नछाडे नेइमारले ठूलो गल्ती गर्नेछन्–रिभाल्डो

फ्रान्सीली क्लब पीएसजीका ब्राजिलियन स्टार नेइमारले टिमका लागि र व्यक्तिगत रूपमा ठूला अवार्ड जित्न पेरिस छाड्नुपर्ने ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले बताएका छन् ।

ब्राजिलियन टिममा पूर्व खेलाडी रिभाल्डोले आफ्नो देशको टिमका कप्तानसमेत रहेका नेइमारको भविष्यबारे चिन्ता व्यक्त गर्दै नेइमारले पीएसजीबाट खास उपलब्धि नपाउने दाबी गरे ।बार्सिलानाका पूर्वखेलाडीसमेत रहेका रिभाल्डोले नेइमारले बार्सिलोना छाड्नु करिअरको सबैभन्दा ठूलो गल्ती रहेको बताए ।

‘मैले पहिलेबाटै भन्दै आएको छु, नेइमारले बार्सिलोना छाड्ने निर्णय उनको करिअरको सबैभन्दा अपरिपक्व निर्णय थियो । सुरुमा उनले अर्कै सोचेर छाडेका थिए । तर, पीएसजी पुगेपछि त्यस्तो भएन,’ रिभाल्डोले भने, ‘उनका लागि बार्सिलोना नै सबैभन्दा उत्तम क्लब थियो ।’

रिभाल्डोले नेइमारले ठूला सफलता हात पार्न पीएसजी छाड्नु अवाश्यक रहेको बताए । ‘पीएसजी एक ठूलो क्लब हो । तर, नेइमारका लागि सही होइन । यदि उनी सफल हुन चाहन्छन् भने विकल्प जरुरी छ ।’

रिभाल्डोले नेइमारले पीएसजी नछाडे करिअरको अर्को गल्ती हुने पनि बताए । ‘उनले बार्सिलोना छाड्नु पहिलो गल्ती थियो । अब यदि पीएसजी छाडेनन् भने अर्को गल्ती हुनेछ,’ रिभाल्डोले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *