सम्मान दिन जानेकाले सबैको प्यारो

ऊ आफूले चाहेको कुरा गर्न पायो भने असाध्यै खुसी हुन्छ । इच्छाविपरीत कुनै कुरा गर्न कर गर्दा रिसाउँछ । मन नपर्ने कुरा छुँदैनछुने र त्यसमा बोल्दैनबोल्ने बानी छ । अलि चिटिक्क परेर हिँड्न खोज्छ । नजिकको पसलसम्म जाँदा पनि कपाल कोरेर चिटिक्क पर्नुपर्छ, उसलाई । घरभित्र र बाहिरका सबै मान्छेसँग मिल्ने, हाँसेरै बोल्ने, सबैलाई सम्मान दिन जान्दछ । उसको एउटा मात्र बैगुन छ, मैले खोजेको वेलामा भेट्न सक्दिनँ ।

साथीभाइ र अरूसँग कसरी बोल्नुपर्छ भन्ने उसलाई राम्रोसँग थाहा छ । कसैलाई होच्याएर बोल्दैन । कसैले होच्याएर बोल्यो भने ठाडै त्यसको जवाफ नदिई त्यस्तो व्यक्तिबाट आफैँ टाढिन्छ । आफूभन्दा ठूलालाई सम्मान दिन जानेकैले सबैको प्यारो पनि छ । आमा–छोरा एउटै क्षेत्रमा भएर र मलाई दिदी भन्नेहरूले उसलाई भान्जा भन्छन् । उसले सबैलाई मामा भनेर सम्मान दिन पनि जानेको छ । त्यसैले सबैले मसँग उसका बारेमा सोधिरहेका हुन्छन् ।

गायनमा मेरो र उसको प्याटर्न फरक छ । उसले लोकपप प्याटर्नमा गाउँछ । पपमा पनि लोक विधा रोजेर अलिकति भए पनि मलाई पछ्याइदियो । त्यसमा मलाई खुसी लागेको छ । ऊ यतिवेला बेलायतमा छ । त्यहाँ पनि मैले उसका ६ वटा कार्यक्रम हेरेँ । कलाकारहरू राजेश हमाल, दीपकराज गिरी र दीपाश्री निरौला जानुभएको थियो । त्यो माहोलमा पनि क्रान्ति आलेको क्रेज उस्तै थियो ।

पुरानै गीत गाउँदा पनि उसको स्वर मन पराउनेहरू धेरै थिए, त्यहाँ । उसलाई मिडियम गायक भन्छु म । उसको ठूलो दाजुले खडा गरिदिएको डाक्टर पाइलट ब्यान्ड पनि थियो । त्यसमा पाँचजना थिए । पछि त्यो ब्यान्ड तितरबितर भयो । रियाज कम गर्नु नै उसको कमजोरी पक्ष हो । त्यसमा ध्यान दिन सके भविष्य अझ उज्ज्वल हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *