सुनकोशी बस दुर्घटनाका घाइते भन्छन्- छालले बगाएपछि मात्र होस‍् आयो

काभ्रे : दोलखा शैलुङ गाउँपालिकाका १६ वर्षीय जीवन खड्का दसैं मनाएर आमा बुबसँगै काठमाडौं फर्किएका थिए। दसैं लगतै तिहार मनाउन फेरि गाउँ गएका खड्का तिहार सकेर आइतबार काठमाडौं फर्किदै थिए। देउराली भन्ने स्थानबाट बस चडेका खड्का ४ घण्टाको यात्रा पछि मुडे आइपुगेको बताए।

उनका अनुसार मुडेमा आएपछि बस बिग्रियो ।सबै यात्रुलाई चालकले ओर्लिन भनेपछि सबै ओर्लिए। एकछिन मिस्त्री आएर बिग्रेको बस बनायो।करिब १ घण्टा पछि फेरि सबै यात्रु बसमा चढे। बस हिड्यो।आधोरी भन्ने स्थानमा खाना खानका लागि बस रोकियो।

खाना खाइसकेपछि सबै फेरि बसमा चडेर काठमाडौंका लागि हिँड्यौं। सिधा बाटो थियो ।बस धेरै स्पिडमा थियो। बसभित्र एक्‍कासी ड्याम्म आवाज आयो। एक्‍कासी बस खोलामा पुगेछ। सबै रुन कराउन थालेपछि म पनि उठ्न थाले तर सकेन। मेरो खुट्टाको घुँडाबाट रगत आइरहेको थियो। एकजना दाइले तान्नु भयो। म बसबाट बाहिरा निस्कन सकिएन मेरो खुट्ट बसको भागले च्यापिएको थियो।

विस्तारै म निस्किन सके । कसले बोकेर एम्बुलेन्समा हाले थाह भएन। धुलिखेल अस्पतालमा आइपुगेपछि मात्र मेरो होस खुलेको रहेछ। घुँडामा ठूलो चोट लागेको छ ।उपचारमा केहि समय लाग्ने चिकित्सकले बताएका छन्।अहिले अंकलले सहयोग गरिरहनु भएको छ।

घाइते निरक र निश्‍चल।

मेरो नाम निरक श्रेष्ठ हो। दोलखा शैलुङ गाउँपालिका ६ को स्थानीय हुँ। म आइतबार बिहानै ३ बजे शैलुङ गाउँपालिकाको केन्द्र सुप देउरालीम गएर ५ वटा टिकट बुक गरे। हामी ५ जना साथीहरु काठमाडौं आउनलाई बस चढ्यौं। मुडे आइपुगेपछि बस बिग्रियो । चालकले सबैलाई ओर्लिनु, एक छिनमा मिस्त्री बोलाएको छु भनेपछि हामी सबै यात्रु ओर्लियौ।

हामी साथीहरु मुडे बजारमा फोटो खिच्न निस्कियौं।करिब १ घण्टा बजार घुमियो। मोटरसाइकलमा मिस्त्री आएको चाहीँ देखेको थिए । पछि चालकले बस तयार भयो सबै बसमा चडौं भन्नु भो । अनि सबैजना बसमा चढ्यौं।

गाडीको अवस्था भने त्यति ठिक थिएन । टायरको नट खुस्केको हल्ला बसभित्र चलिरहेको थियो । पछिल्लो सिटमा बस्ने एक वृद्ध यात्रुले यात्रु नथप्न कराइरहनुभएको थियो । तर बसको चालकले ठाउँ ठाउँमा रोकेर यात्रु चढाउँदै थियो। बसको गति तीव्र थियो ।

अँधेरीमा आएर खाना खायौं । खाना खाएर हिँडेको १० मिनेट नबित्दै बस नदीमा खस्यो । नदीको छालले बगाएपछि मात्र होस आयो । होस आउँदा गाह्रो भइरहेको थियो । भाग्यले बाँचियो जस्तो लाग्यो। बसबाट निस्किने पहिलो म नै हुँ । म निस्किएपछि मेरो साथी निश्‍चल पनि निस्कियो । यसो बसतिर हेर्दा यात्रु रोएको र कराएको आवाज सुन्दा हेर्न सकिन।

हामी पाँचजना साथी दोलखा घुम्न गएका थियौं। एकजना साथीको अवस्था गम्भीर छ। उसलाई काठमाडौं रिफर गरिएको छ । विजय तामाङ भन्ने साथी कहाँ छ सम्पर्क हुन सकेको छैन । यसको घर इटहरी हो । उ हामीसँग तिहारको बिदामा मेरो गाउँ दोलखा गुम्नका लागि गएका थिए ।

मेरो नाम निश्‍चल स्थापित हो। मेरो घर काठमाडौंमा छ। म पहिलो पटक साथीसँग कलेज बिदा भएकाले दोलखा घुम्न गएको थिए । हामी ५ जना साथीहरु बिहीबार मात्र दोलखा गएका थियौं । दोलखा जाने बाटो देखेर मलाई डर लागिरहेको थियो । किन भने म काठमाडौंमा हुर्केको मान्छे। पहाडको बाटो कमै जाने गरेको छु । म सामान्य छु।तर मेरा साथीहरु धेरै घाइते हुनुभएको छ ।उहाँको स्वास्थ्य लाभको कामना छ। चालकले बस तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको हो।

धुलिखेल अस्पतालमा खड्कासँगै अर्का गम्भीर घाइते दोलखाकै ८ वर्षीय बालक प्रनिब आलेमगरको हात बाँचिएको छ। उनको आज धुलिखेल अस्पतालमा हातको अप्रेसन गरिएको छ । त्यसैगरी अर्का घाइते दोलखाकै ४० वर्षीया सबिता थापाको पनि धुलिखेलमै खुट्टको अप्रेसन गरिएको छ । दुर्घटनामा परि थापाको खुट्ट बाँचिएको थियो । सोमबार थापाको पनि खुट्टाको अप्रेसन गरिएको अस्पतालले जनाएको छ।

धुलिखेल अस्पतालमा उपचारत जीवन खड्का,निस्चल स्थापित र निरक श्रेष्ठसँग कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *