पूर्व सभामुख महरा डिल्लीबजार कारागार चलान

पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् । बलात्कार प्रयास आरोपमा सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा राख्ने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महरालाई डिल्लीबजार कारागार पठाउने आदेश भएको जानकारी दिए । अभियोगपत्र दर्ता भएदेखि आदेश नहुन्जेल महरालाई प्रहरीको जिम्मा लगाइएको थियो । अदालतको आदेशपछि उनलाई कारगार लगिनेछ ।

सातै प्रदेशका सभामुखको भेला चितवनमा
प्रदेश ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु शनिबार चितवनको सौराहामा भेला भएका छन् । भेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका थिए ।

महराले सङ्घीयता असफल भए मुलुक असफल हुने भएकाले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने उल्लेख गरे । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी हुने उनले बताए । सङ्घीय संसद् र प्रदेशसभाका अधिकारबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने र त्यसपछि प्रदेशलाई कानून बनाउन सहज हुने अध्यक्ष तिमिल्सिनाले स्पष्ट पारे । भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको भन्दै त्यसलाई समाधान गरिने उनले बताए ।

प्रदेशसभाले गरेका काम र अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको प्रदेश नं ३ का सभामुख सानुकाजी श्रेष्ठले जानकारी दिए । उनले कानून निर्माणमा कसरी सहकार्य र समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए । छलफलबाट निस्केका निष्कर्षसहितको चितवन घोषणापत्र जारी गर्दै भेला शनिबार नै सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *