संघीयता कार्यन्वयनमा सहयोग गर्ने नर्वेजियन मन्त्रीको प्रतिवद्धता

काठमाडौं : नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री ड्याग इ उल्स्तेनले नेपालको संघीयता कार्यन्वयनमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडा र मन्त्री उल्स्तेन बीच भएको शिष्टाचार भेटवार्ता उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

संघीय तथा स्थानीय सुशासन सहयोग कार्यक्रम (पीएलजिएसपी) संचालन गर्नको लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेका उनले प्रत्येक्ष विदेशी लगानी (एफडीआई) परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरेको अर्थमन्त्रालयले जनाएको छ। नर्वेजियत मन्त्रीले नेपालको कर प्रणालीलाई सवलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाए।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे। खतिवडाले संघ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको वताए। एफडीआई परिचालनमा दोस्रोचरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्ष देखि विद्युत आयातलाई शून्यतामा झार्ने प्रयास भईरहेको बताए।

सोमबार नै एडिबी र नर्वेजियन सरकारबीच उर्जा क्षेत्रमा सहवित्तीयकरणको लागि सम्झौता गरेको छ। प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबीच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो।

एक सय मिलियन डलर मध्ये २० मिलियन डलर नर्वे सरकारको हो। सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेजियन राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *