श्रीदेवीको पुरानो गीतमा उर्वशी

मुम्बई : बलिउड अभिनेत्री उर्वशी रौटेला र जोन अब्राहम आगामी फिल्म ‘पागलपन्ती’ मा बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनीत पुरानो चर्चित गीत ‘तेरा बिमार मेरा दिल’ को नयाँ भर्सनमा देखिने भएका छन्। पुरानो गीत १९८९ को हिट फिल्म ‘चालबाज’ को हो जसमा सनी देओल र श्रीदेवीले अभिनय गरेका थिए।

‘यो गीत स्वर्गीय अभिनेत्री श्रीदेवीप्रति श्रद्धाञ्जली हो’, गीतबारे बयान गर्दै उर्वशीले भनिन्, ‘म यो ऐतिहासिक दृश्यको छायांकनको समय निकै नर्भस भएकी थिएँ।’ ‘यो मेरो तर्फबाट दिग्गज अभिनेत्री श्रीदेवीप्रति एक श्रद्धाञ्जली हो र म यसमाथि न्याय गर्न चाहन्छु’, उनले भनिन्।

अहिले पुराना गीत रिक्रिएट गर्ने क्रम निकै बढेको छ। दर्शक श्रोताले पनि यसलाई निकै मन पराएका छन्। यसबाट उर्वशी एक पटक फेरि धमाका मच्चाउन चाहन्छिन्। अनिश बज्मी निर्देशित यो फिल्ममा अनिल कपुर, जोन अब्राहम, इलियाना डिक्रुज, अरसद वारसी, पुल्कित सम्राट, उर्वशी रौटेला र कृति खरबन्दा छन्। फिल्म २२ नोभेम्बरमा रिलिज हुँदैछ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *