नयाँ नक्सा जारी गर्दै भारतले नेपालको कालापानी, लिपुलेक लियो, प्रतिवाद गर्न कमल थापाको आह्वान

काठमाडौं । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा पाकिस्तानले विरोध जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको नयाँ नक्सा आफुहरुलाई मान्य नभएको जिकिर गरेको हो । भारतले जम्मु–कश्मीर र लद्दाखलाई फरक राज्य बनाएर नेपाल र पाकिस्तानको भुमि पनि आफ्नोमा पारेको छ ।

भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मीरलाई पनि आफ्नो नियन्त्रणमा भएको देखाएको छ । यस्तै नेपालको पनि कालापानी,लिपुलेकलाई नयाँ नक्सामा भारतमा आफ्नो भुमि भनेर दावा गरेको छ । पाकिस्तानले भारतको यो नयाँ नक्सा मान्य नभएको बताइसकेको छ । नेपालले भारतीय यस रवैयाप्रति कुनै प्रतिकृया दिएको छैन । चीनले पनि भारतीय कदम आफ्नो सम्प्रभुतामाथिको हमला भएको भन्दै सच्चाउन भनेको छ ।

चीन र पाकिस्तान धारा ३७० र अनुच्छेद ३५ ए हटाए देखि नै विरोध गर्दै आएका छन् । चर्को विवादका बीच भारतले यस्तो कदम चालेको हो । यसलाई लिएर नेपालमा विरोध सुरु भएको छ । पुर्व उप प्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले सरकारले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध जनाउनु भएको हो ।

उहाँले भन्नु भएको छ, ‘कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *