अर्को सोमवार आकाशमा देखिनेछ अद्भुत दृश्य

काठमाडौं – आउँदो सोमवार सूर्यमा सानो दाग देखिन लागेको छ । हरेक सय वर्षमा १३ पटक बुध ग्रह सूर्यको अगाडिबाट निस्कँदा सूर्यको अनुहारमा दाग बन्छ । यो दुर्लभ घटना कार्तिक २५ गते हुँदैछ । अर्कोपटक यो घटना सन् २०३२ मा मात्र देखिनेछ ।

बुधका कक्षहरूलाई पृथ्वीबाट हेर्दा बुध सूर्यको माथि वा तलबाट घुम्दै गएको देखिन्छ । कहिलेकाहीँ पृथ्वी र बुधका कक्षहरू आमनेसामने आउँछन् र बुध पृथ्वी तथा सूर्यको बीच भएर जान्छ । यस्तो हुँदा पृथ्वीबाट हेर्दा बुध ग्रह सानो विन्दु जस्तो देखिन्छ । त्यसको व्यास सूर्यको व्यासको तुलनामा ०.५ प्रतिशत हुन्छ ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले पृथ्वीबाट बुध र शुक्र ग्रह मात्र सूर्यको अगाडि भएर गएको देख्न सकिने जनाएको छ । त्यसैले सोमवारको घटना दुर्लभ हो र त्यसलाई हेर्ने इच्छा धेरैमा हुनुपर्छ ।सही उपकरणहरूका साथ पृथ्वीको कुनै पनि भागबाट मानिसहरूले सूर्यको अगाडि सानो विन्दु बिस्तारै अगाडि बढेको देख्न पाउनेछन् ।

नासाले सूर्यलाई नांगो आँखाले हेर्ने वा टेलिस्कोपमा पनि सुरक्षा व्यवस्था नमिलाइकन हेर्ने गरेमा आँखाको ज्योति जानसक्ने चेतावनी दिएको छ । सोलर फिल्टर लगाउन उसले भनेको छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *