देशका सातवटै प्रदेशमा ‘सप्तरङ्ग २’ हुँदै

काठमाडौं । देशका सातैवटै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो ।

आयोजक गृष्माब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान ‘भिजिट नेपाल २०२०’लाईसमेत यस कार्यक्रमले टेवापुर्याउने बताए । ‘राष्ट्रियताको कुनै मुल्य हुँदैन भन्ने’ सोचकासाथ कार्यक्रमलाई निशुल्कः गरिएकोसमेत उनले बताए ।

पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगमपोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रविओड रहेका छन् । जसले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजित कार्यक्रममा जानकारी गराइयो ।

पहिलो सिजनमा सात प्रदेशबीचको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिनेसमेत जनाइयो । कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते विर्तामोडबाट सुरु हुनेछ ।

विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज, २४ गते चितवन, २६ गते नेपालगंज , २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *