रानी बन्दै दीपिका

काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण विवाहपछि पर्दामा कमब्याक गर्दैछिन् ।उनी अहिले आफ्नो नयाँ फिल्म छपाक र डघमा व्यस्त छिन् । आगामी वर्षका लागि दीपिकासँग फिल्मको कमी छैन ।

दीपिकाले महाभारतको कथामा बन्न लागेको फिल्ममा द्रौपदीको भूमिका गर्न लागेको खबर सार्वजनिक गरेकी छन् । यो फिल्मको अलवा दीपिका शकुन बत्राको फिल्ममा पनि देखिँदै छिन् । धर्मा प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्ममा उनको अपोजिट रणवीर कपुर देखिने बताइएको छ ।

दीपिका र उनकी मित्र मधु मेन्टेना एकसाथ नयाँ फिल्ममा देखिने खबर पनि आएको छ । मधुले हालै कोटा रानीमा बायोपिकको घोषणा गरेकी छन् । यो फिल्म कश्मीरकी अन्तिम हिन्दू रानीको जीवनीमा आधारित हुनेछ । अन्नपूर्ण पोस्टमा खबर छ ।

जाह्नवीले कपडाबाट प्राइस ट्याग निकाल्न भुलिन्, सामाजिक सञ्जालमा उड्यो मजाक 
बलिउड अभिनेत्रीहरूका फेशन स्टेटमेन्टलाई करोडौंले फलो गरेका हुन्छन् । यस्तोमा फ्यानहरूले सेलिब्रेटीका पहिरनमा पनि आँखा लगाएका हुन्छन् ।

तर यसपटक जाह्नवी कपूर यसपटक सामाजिक सञ्जालमा ट्रोल बनिरहेकी छन् । उनले भूलवश आफ्नो पहिरनको ‘प्राइस ट्याग’ निकाल्न भुलिन् । उनको यस गल्तीलाई मिडियाका क्यमाेराले कैद गरे । त्यसपछि उनी मजाकको पात्र बनिन् ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘प्राइस ट्याग’ बिना कपडा फिर्ता गर्न नपाउने भएकाले प्राइस ट्याग नहटाएको भनेर मजाक गरेका छन् ।उनले एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा प्राइस ट्याग देखिन्छ ।

जाह्नवी आफ्नो आगामी फिल्म ‘दोस्ताना २’को तयारीमा छिन् । यस फिल्ममा उनी कार्तिक आर्यनसँग देखिँदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *