म प्रधानमन्त्री बनेपछि सबै माग पूरा हुन्छन : प्रचण्ड

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू फेरी प्रधानमन्त्री बन्ने बताएका छन् ।

मंगलबार उद्योग बाणिज्य संघद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा संघले प्रचण्डसमक्ष नेपालगञ्जको विकासका लागि सात बुँदे मागपत्र बुझाएपछि उनले आफू ढिलोचाँडो प्रधानमन्त्री बनेर ती मागबारे सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताउदै नेपालगञ्जमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तथा प्रदर्शनी केन्द्र बनाउन छुट्याएको १० विगाहा जमिन खारेज भएकोमा आश्चर्य जनाउदै प्रधानमन्त्रीसँग सो निर्णय सच्याउन आग्रह गर्ने बताए ।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै प्रदेश प्रमुख छनोटमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका व्यक्ति नपरेको स्वीकार गरे । उनले आफूले प्रस्ताव गरेका कुनैपनि नाम नपरेपछि नेता नेपालले पार्टीमा ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका हुन् ।

प्रचण्डले सरकारले उदारता प्रदर्शन गरेका कारण अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुले दुई वर्ष काम गर्न पाएकाे बताए । ‘हाम्रो सरकार चाहीँ उदार र अलिकति लचिलो भएकै कारण कसैको चित्त नदुखोस् भनेर दुई वर्ष काम गर्न दिएको हो, अहिले सरकारले सोच्यो कि अब फेर्न ठीक हुन्छ, यसलाई के–के न भयो भन्ठान्नु हुँदैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *