बुर्ज खलिफामा लेखियो शाहरुख खानको नाम, किङ खानले शेयर गरे भिडियो

बलिउडका किङ खान शाहरुख खानको हिजो २ नोभेम्बरमा जन्मदिन हो । उनलाई विश्वभर फैलिएका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनको जन्मदिनका अवसरमा संसारको सबैभन्दा अग्लो भवनबाट शुभकामना दिइएको छ ।

दुबईको बुर्ज खलिफामा शाहरुख खानको ५४ औँ जन्मदिनमा भिडियो देखाइएको थियो । उक्त भिडियो क्लिप शाहरुख खानलाई जन्मदिनको शुभकामना दिन तयार पारिएको थियो ।

यो विशेष दिनलाई शाहरुख खानले ट्वीटरमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘मलाई यति चम्किलो बनाइदिएकोमा मोहम्मद अलबार र बुर्ज खलिफालाई धन्यवाद, तपाईंको माया अप्राप्य छ, यो वास्तवमा निकै लामो छ, लभ यु दुबई, यो मेरो जन्मदिन हो र म अतिथि हुँ ।’

आफ्नो जन्मदिनमा शाहरुख खान बान्द्रास्थित एक अडिटोरियममा पनि पुगेका थिए । यहाँ शाहरुख खानले आफ्ना फ्यानका साथ जन्मदिन मनाएका थिए। साथै उनले एक भिडियो पनि शेयर गरे । उनले भिडियोमार्फत जन्मदिन विशेष बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *