मन्त्री योगेश भट्टराईको निर्देशनपछि ११ बर्षपछि विमानस्थलमा सुरु हुने भयो ‘ड्युटी फ्रि शप’

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले ड्युटी फ्री शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्री शप पुनः सञ्चालनका निम्ति विक्री गरिने सामानहरूको सूचीसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए । सोहीअनुसार विमानस्थल कार्यालयले ड्युटी फ्री शप सञ्चालनका लागि आवश्यक बस्तुको सूचीसहित योजना पेश गरेको जानकारी दिएको छ।

मन्त्रालयले विमानस्थलमा ११ वर्षपछि पुनः ड्युटी फ्री शप सञ्चालनको तयारी गरेको हो । विदेशी तथा नेपाली यात्रुहरूले पनि अन्तरराष्ट्रिय टर्मिनलमा डूयुटी फ्री शप हुनुपर्ने सुझाव दिएको आधारमा मन्त्रालयले यस्तो तयारी अगाडि बढाइएको हो । मन्त्रीको निर्देशनपछि विमानस्थल कार्यालयले समिति गठन गरी अध्ययन गरेको थियो । समितिले तयार पारेको कार्ययोजना पेश गरेको विमानस्थलका प्रबक्ता प्रताबबावु तिवारीले जानकारी दिए ।

हामीले यस बिपयमा अध्ययन गरेर प्रतिवेदन मन्त्रालयमा पठाएका छौँ । मन्त्रालयमा थप छलफल भएपछि कसरी अगाडि बढ्ने भन्ने निप्कर्पमा पुग्छ,’ उनले भने । पर्यटन मन्त्रालय स्रोतका अनुसार विमानस्थल कार्यालयले ड्युटी फ्री शप सञ्चालनका लागि आवश्यक वस्तुको सूचीसहित योजना पेश गरेको जानकारी दिएको छ ्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *