सरकारको नेतृत्व आधा-आधा समय गर्ने कुरा इतिहास भइसक्यो- प्रचण्ड

नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आधा-आधा समय सरकारको नेतृत्व लिने कुरा इतिहास भइसकेको बताएका छन्।प्रेस सेन्टर,दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताए।त्यसैगरी अध्यक्ष दाहालले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताए।

उनले भारत भ्रमणका समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपुलेकका बारेमा कुरा गरेको उल्लेख गर्दै ‘यो सच्चिनुपर्ने’ बताएको उल्लेख गरे।उनले यसलाई कुटनीतिकरूपमा हल गर्नुपर्ने भनाइ राखेका थिए।

राजपाले समाजवादीसँग उपनिर्वाचनमा तालमेलका लागि पहल गर्ने
राष्ट्रिय जनता पार्टी (राजपा) ले उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेलका लागि पहल गर्ने निर्णय गरेको छ।राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिनुभन्दा पहिला समाजवादीसँग तालमेलका लागि प्रयास गर्ने निर्णय गरेको हो।

त्यस्तै, राजपाले प्रतिनिधिसभा क्षेत्रीय तदर्थ समिति ७१ सदस्यीय बनाउने समेत निर्णय गरेको छ।राजपाले २४ गतेदेखि ३० गतेसम्म वडा,पालिका,क्षेत्रीय र जिल्ला सम्मेलनको आयोजना गर्ने निर्णय गरिसकेको छ।कात्तिक २८ देखि गतेसम्म हुने भनिएको महाधिवेशन भने नहुने निश्चित भइसकेको छ।संघीय समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवले दुई पार्टीले निर्वाचनका लागि तालमेलको प्रयास गर्ने बताए।

‘हामी त पार्टी एकता नै गर्ने योजनामा छौं। त्यही अनुसार वार्ता छलफल पनि भइरहेको छ। निर्वचानका लागि त तालमेलको प्रयास हुन्छ नै,’उनले भने,’विगतको अनुभवले दुई पार्टीको बीचमा तालमेल गर्नुपर्ने पाठ सिकाएको छ।’दुई पार्टीले ०७४ को संघीय संसद र प्रदेश संसदको निर्वाचनमा तालमेल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *