पूर्व युवराज पारस मुस्ताङमा

जोमसोम : पूर्व युवराज पारस शाह मुस्ताङ आइपुगेका छन्। उनी आफ्ना निकट सहकर्मीका साथ मुस्ताङको घुमफिरमा व्यस्त छन्। पूर्व युवराज शाह पोखरादेखि म्याग्दैहुँदै बुधबार दिउँसो मुस्ताङ आएका हुन्। मुस्ताङ आउने क्रममा शाह थासाङ गाउँपालिका लेतेस्थित होटल सियु बास बसेका थिए ।

उक्त लज संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको हो । उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको बुझिएको छ भने उनका केही साथी मुक्तिनाथ दर्शनका लागि गएका छन्।

उनको मुस्ताङ यात्रामा २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल प्रयोगमा छन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् भने उनका निकट सहयोगीले बा १४ च २११३ नम्बरको जीप र मोटरसाइकल चढेको बुझिएको छ।

बिना कुनै सूचना र जानकारी नदिई मुस्ताङ आएका पूर्व युवराज शाह सार्वजनिक रुपमा खुलेका छैनन् । म्याग्दीहुँदै मुस्ताङ आएका शाहले होटलका कर्मचारीसँग खिचाएको फोटो बाहिरिएको छ ।

मुस्ताङमा चिसो ह्वात्तै बढेको बेला छ।मुस्ताङीहरु जाडो छल्न एकपछि अर्को गर्दै बेशी झर्दैछन्। गर्मी मौसममा गुल्जार हुने मुस्ताङ क्रमश सुनसान बन्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *