ब्राजिलका नयाँ नेइमारको ह्याट्रिकमा रियल मड्रिडको शानदार जित

च्याम्पियन्स लिग अन्तरगत बुधबार भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले टर्किस क्लब गालातासारेलाई पराजित गरेको छ।

समूह ‘ए’ अन्तरगत भएको खेलमा मड्रिड ६-० ले विजयी भएको हो।रियलको जितमा १८ वर्षिय ब्राजिलियन खेलाडी रोड्रिगोले ह्याट्रिक गरे भने करिम बेन्जिमाले दुई गोल तथा सर्जियो रामोशले एक गोल गरे।

ह्याट्रिकसँगै रोड्रिगो च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने दोश्रा खेलाडी बनेका छन्। यस अगाडि रियलका पूर्व स्टार राहुलले ह्याट्रिक गरेका थिए।

उनलाई ‘नयाँ नेइमार’का रूपमा चित्रित गरिएको छ। नेइमारको जत्तिकै ५.९ इन्च अग्ला रोड्रिगो यसै गर्मीमा ब्राजिलयन क्लब सान्तोषबाट रियल भित्रिएका हुन्।रियल आएयता उनले ६ खेलमा ५ गोल गरिसकेका छन्।

हिजोको खेलमा उनले रियलका लागि ४ तथा ७ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए भने व्यक्तिगत तेश्रो गोल खेलको अतिरिक्त समयको दोशो मिनेटमा गरेका थिए।

त्यस्तै ६-० को जित दिलाउने क्रममा रामोशले खेलको १४ औं मिनेटमा गोल गरेका थिए भने बेन्जिमाले ४५ र ८१ औं मिनेटमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *