बलिउड अभिनेताहरुको ‘निधार हेरेर टिका लगाउने’ सोच : एउटा फिल्मबाट लिन्छन् यति पारिश्रमिक

काठमाडौँ : अधिकांस बलिउडप्रेमी बलिउड कलाकारहरुले एउटा चलचित्रमा काम गरेबापत कति पारिश्रमिक लिन्छन् भन्ने कुराको चासो राख्छन्। हरेक स्टार आफ्नो फिल्म हिट हुनेबित्तिकै आफ्नो पारिश्रमिक पनि बढाउँछन्, तर फिल्म फ्लप हुँदा पारिश्रमिक कम भने गर्दैनन्। यदि फिल्म सफल भएमा त्यसको सफलताको श्रेय स्वयम् लिन्छन् र फिल्म असफल हुँदा दोष दोस्रोको थाप्लोमा थोपर्छन।

निधार हेरेर टिका लगाउनु भनेजस्तै यदि ब्यानर ठुलो छ, निर्देशक हिट फिल्मको कारण प्रसिद्ध छन् भने बलिउड स्टार कम पारिश्रमिकमै फिल्ममा काम गर्न लालायित हुन्छन् ताकि फिल्मले सफलता हासिल गरेमा आफ्नो पारिश्रमिक बढाउन सकून्। कहिलेकाहीं बलिउड कलाकारहरु चलेको बजार भाउ भन्दा बढी पारिश्रमिक पनि असुल्छन्। इन्टरनेट तथा अन्य विभिन्न स्रोतहरुबाट जुटाईएका जानकारी अनुसार कुन बलिउड कलाकारले कति पारिश्रमिक लिन्छन् त ?

रणवीर सिंह

‘बाजीराव मस्तानी’ अघिसम्म रणवीर सिंहले एउटा फिल्मको तीन देखिन पाँच करोड भारतीय रुपैयाँसम्म पाउँथे। तर बाजीराव मस्तानी, पद्मावत र सिम्बा लगायत चलचित्रले व्यापक सफलता हासिल गरेपछि रणवीर सिंह अहिले एउटा फिल्मको लगभग १५ देखि १८ करोड भारतीय रुपैयाँसम्म लिन्छन्।

वरुण धवन

वरुण धवन अभिनित कुनै पनि फिल्मले अहिलेसम्म घाटा व्यहोर्नुपरेको छैन। उनी एउटा फिल्ममा काम गरेबापत ५ देखि ७ करोड रुपैयाँसम्म लिने गर्थे। तर अहिले उनको पारिश्रमिक १५ देखि १८ करोड रुपैयाँसम्म पुगेको छ।

रणबीर कपूर

रणबीर कपूरका फिल्महरु फ्लप भइरहे पनि उनी भने अहिलेसम्म फ्लप भएका छैनन्। उनी बलिउडमा डिमाण्डमा रहिरहन्छन्। सञ्जु अघि सम्म रणबीर कपूर प्रतिफिल्म २० देखि २५ करोड रुपैयाँसम्म लिन्थे। अहिले उनी ३० करोड भन्दा पारिश्रमिक लिन्छन्।

अमिताभ बच्चन

उमेर अमिताभ बच्चन ७७ वर्षका भईसकेका छन् तर उनको पारिश्रमिक बलिउड युवा स्टारहरु भन्दा बढी छ। रोलको लम्बाई हेरेर उनको पारिश्रमिक निर्धारण हुन्छ। उनी प्रति फिल्म १२ देखि १५ करोड रुपैयाँसम्म लिन्छन्।

ऋतिक रोशन

छनोट गरेर थोरै मात्र फिल्ममा काम गर्ने ऋतिक रोशनको पारिश्रमिक ३० देखि ४० करोड रुपैयाँको बीचमा छ। उनी यसभन्दा बढी पनि लिन्छन्।

अजय देवगन

अजय देवगन फिल्मको कुल बजेट हेरेर आफ्नो पारिश्रमिक थपघट गर्छन्। उनी ३० देखि ४० करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन्।

अक्षय कुमार

पारिश्रमिक बढी लिने मामिलामा अक्षय कुमार सबैभन्दा अघि छन्। ४० देखि ५० करोड रुपैयाँसम्म उनी पारिश्रमिक लिन्छन्। कुनै-कुनै फिल्मको मुनाफाको हिस्सा पनि उनी लिन्छन्। ‘जोल्ली एलएलबी २’ मा उनले फिसको सट्टा मुनाफाको हिस्सा लिएका थिए, जसबाट उनले ५५ करोड प्राप्त गरेका थिए। एयरलिफ्टमा काम गरेबापत उनले निकै कम फिस लिएका थिए।

आमिर खान

आमिर खानले चाहेमा ५० देखि ६० करोड रुपैयाँसम्म फिस लिन सक्छन्। तर उनी फिल्मको मुनाफाको हिस्सा लिन बढी रुचाउँछन्। उनी ८० प्रतिशतसम्म हिस्सा लिन्छन्। ‘दंगल’ फिल्मबाट उनले १५० करोड रुपैयाँ प्राप्त गरेका थिए। आमिर खानलाई आफ्नो फिल्म हिट हुने कुरामा पूर्ण विश्वास हुन्छ, जसको कारण उनी फिसको सट्टा पार्टनरशिप गर्छन्।

शाहरुख खान

शाहरुख खानको फिस थपघट भईरहन्छ। करण जोहर या आदित्य चोपडाका फिल्ममा काम गर्दा उनी कहिले पनि फिसबारे सोध्दैनन्। जति दिन्छन्, चुपचाप छाप्छन्। सामान्यतया: उनी ४० देखि ४५ करोड रुपैयाँसम्म लिन्छन्। उनी पनि आमिर खानको अनुसरण गर्दै लाभको हिस्सा लिन्छन्। आफ्नो फिल्म फिल्मको मार्केटिङको माध्यमबाट पनि उनी करोडौं रुपैयाँ कमाउँछन्। केही फिल्महरुबाट उनले १०० करोड रुपैयाँभन्दा बढी कमाएका छन्।

सलमान खान

सलमान खान फिल्मको कमाईबाट हिस्सा लिन्छन्। उनी फिल्म कुल कमाईबाट ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिन्छन्। ‘सुल्तान’ मा उनले सय करोड भन्दा बढी कमाई गरेका थिए। रेस ३ बक्स अफिसमा कमजोर साबित भए पनि सलमानले १०० करोड भन्दा बढी कमाए। यदि उनले चाहेमा एउटा फिल्मबाट उनी ६० करोड या त्यो भन्दा बढी पनि लिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *