सय करोड पारिश्रमिक बुझ्दै अक्षय कुमार !

अक्षय कुमारले आगामी एक सिनेमाका लागि सय करोड भारू लिने सम्भावना बढेको छ।वासु भगनानीको सिनेमाका लागि उनले सय करोड भारू पारिश्रमिक लिने चर्चा चलेको छ।

सिनेमाका लागि अक्षय, वासु तथा निखिल आडवाणीबीच सहकार्य हुनेछ। सिनेमालाई ‘लखनउ सेन्ट्रल’ निर्देशन गरेका रंजीत तिवारीले निर्देशन गर्नेछन्।

सिनेमा वास्तविक घटनाबाट प्रेरित एक्सन-ड्रामा जनराको हुनेछ। पछिल्लो समय अक्षयका सिनेमाले लगातार सफलता हासिल गरिरहेकाले निर्माणपक्ष यो मात्रामा पारिश्रमिक दिन तयार भएको बताइन्छ।यस सिनेमाको धेरैजसो सुटिङ लण्डनमा हुनेछ।

अक्षयकुमार आफ्ना सिनेमामा निर्मातासमेत रहने भएकाले उनले सिनेमाबापत यति ठूलो रकम पाउन लागेको बताइन्छ। भले यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

‘राधे’मा सलमानको जोडी बनिन् दिशा
सुटिङको मुखैमा ‘इन्शाअल्लाह’बाट बाहिरिएका सलमान खानले नयाँ सिनेमा ‘राधे’को सुटिङ सुरू गरेका छन्।सिनेमामा सलमानले दिशा पटानीसँग जोडी बाँध्ने भएका छन्। सलमान र दिशाका अलावा सिनेमामा रणदिप हुड्डाको प्रमुख अभिनय रहनेछ।

प्रभुदेवाको निर्देशनमा बन्ने सिनेमा आगामी वर्षको ईदमा रिलिज हुनेछ।ईदको मितिमा ‘इन्शाअल्लाह’ रिलिज नहुने भएपछि सलमानले आफ्नो प्रिय रिलिज डेटलाई खेर नफाल्न ‘राधे’ बनाउने घोषणा केही समय अगाडि गरेका थिए।

सलमानको सुपरहिट एक्सन फ्रान्चाईच ‘दबंग ३’ २० डिसेम्बरमा रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *