मंसिरमा लगनगाँठो कस्दै ऋचा

विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ।कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ।

अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो। तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ।

उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका छन्।ऋचाले आफ्नो हुनेवाला श्रीमान भने सार्वजनिक गरेकी छैनन्।तर उनी लामो समयदेखि दीपेक्ष्य राणाको प्रेममा थिइन्।भित्रिया स्रोतको कुरा पत्याउने हो भने उनले राणासँग मंसिरमा विवाह गर्ने पक्कापक्की भइसकेको छ।

जब यी चर्चित नेपाली अभिनेत्रीहरुको डिभोर्स भयो
प्राय बलिउड तथा हलिउडमा हुने डिभोर्सका बारेमा नेपाली मिडियामा बढी चर्चा हुन्छ । तर, पछिल्लो समय नेपाली सेलिब्रिटीहरुको डिभोर्सले पनि खुबै चर्चा पाउन थालेको छ ।

रिल लाइफमा जस्तोसुकै भुमिकामा देखिए पनि रियल लाइफमा जो कोही पनि आफ्नो सम्बन्धबाट टाढिन चाहँदनैनन् । तर, भनेजस्तो सबै कहाँ पाइन्छ । पछिल्लो समय नेपाली सेलिब्रिटीहरुको पनि विवाह भएको छोटो समयमा नै डिभोर्स हुने क्रम बढ्दो रहेको छ ।तर, केही जोडी भने उदाहरणिय पनि बनेका छन् । आउनुहोस् हेरौँ नेपालका केही सेलिब्रिटीहरु जसको डिभोर्स भएको छ ।

प्रियंका कार्की र रोचक मैनाली

उनको पुर्वपतिको नाम रोचक मैनाली हो । प्रियंकासँगको डिभोर्सपछि रोचक पुनः वैवाहिक बन्धनमा बाधिसकेका छन् भने प्रियंका कार्की आयुष्मानसँग विवाह गर्ने तयारीमा रहेकी छिन् ।

रिमा विश्वकर्मा र रोवर्ट

यो जोडीले पनि विवाह गरेको दुई वर्षमा नै डिभोर्स गरेका थिए । पहिलो वर्षसम्म राम्रो सम्बन्ध रहेता पनि त्यसपछि सम्बन्ध बिग्रिएपछि उनीहरुले डिभोर्स गरेका थिए ।

छवि ओझा र रेखा थापा

यो जोडीको डिभोर्सको चर्चा लामो समयसम्म चल्यो । आज पनि रेखा र छविको सम्बन्धबारे उत्तिकै चर्चा चल्छ । तर, यो जोडीको वैवाहिक जीवन भने सुखद हुन सकेन । अन्ततः यो जोडीले पनि डिभोर्स गरे । छवि र सिल्पा पोखरेलको विवाहको हल्ला लामो समयदेखि चलिराखेको छ ।

भुवन के सी र सुस्मिता के सी बम्जन

नेपाली फिल्म जगतका चर्चित अभिनेता हुन् भुवन के सी । उनले सुस्मितासँग विवाह गरेका थिए । तर, लभ म्यारिज गरेको यो जोडीको सम्बन्ध पनि लामो समय टिक्न सकेन । अन्तत यो जोडीले पनि अल्लगिएर बस्ने निर्णय लियो । यी दुईको सन्तान अनमोल के सी पछिल्लो समय नेपाली फिल्मका महँगा अभिनेता हुन् । भुवन जियासँग लिभिङ टुगेदरमा रहेको बताइन्छ ।

आकाश शाह र सञ्जिता लुइटेल

नेपाली फिल्ममा कुनै समय व्यस्त रहेकी अभिनेत्री हुन् सञ्जिता लुइटेल । फिल्म करिअर सुरुवातसँगै उनले आकाश शाहसँग विवाह गरिन् तर, उनको विवाह लामो समय टिक्न सकेन । अन्ततः उनले आकाशलाई डिभोर्स दिदै अभिनेता निखिल उप्रेतीसँग विवाह गरिन् ।

मनिषा कोइराला र सम्राट दाहाल

विवाह भएको ६ महिनामै यो जोडीको डिभोर्स भएको थियो । पछि एक मिडियासँग कुरा गर्ने क्रममा उनले आफु वैवाहिक जीवनका लागि फिट नभएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *