जब यी दुईको पहिलो विवाह टिकेन…

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् अनुपम खेर । बलिउडमा लामो समय बिताएका उनले धेरै उतारचढाव देखे । सन् १९७९ उनले मागी विवाह गरेका थिए । तर, उक्त सम्बन्ध लामो समय टिक्न सकेन ।

उनको जीवनमा किरन खेरको प्रवेश भयो । किरन खेरको विवाह मुम्बईका व्यापारी गौतम बेरीसँग भएको थियो । तर, उनको पनि लामो समय वैवाहिक सम्बन्ध टिक्न सकेन ।

पाँच वर्षको अन्तरालमा यो जोडीले डिभोर्स गरेको थियो । कारण अनुपम खेर थिए । अभिनेत्री किरोन खेर नाटकका लागि चण्डीगढ गएकी थिइन् । त्यहाँ यी दुईको भेट भएको थियो ।

मित्रता भएको केही महिनापछि अनुपम खेरले आफ्नो भावना रोक्न सकेनन् । एकदिन उनले आफ्नो प्रेम प्रस्ताव किरोन सामु राखिदिए । किरोन पनि आफ्नो पतिसँग खुसी नभएका कारण डिभोर्सको पर्खाइमा रहेकी थिइन् ।

अन्ततः उनले डिभोर्स पाइन् र अनुपम खेरसँग विवाह गरिन् । किरोन र गौतमका सन्तानलाई पनि अनुपमले स्वीकार गरे । बलिउड अभिनेता सिकन्दरका असली पिता भने गौतम बेरी हुन् ।

तर, उनले अनुपम खेरलाई नै आफ्नो पिता मान्छन् । निकै लामो समयसम्म यो जोडीले उतार चढाव सहनुपर्यो । तर, एकपछि अर्को दुःखमा यो जोडीले हार मानेन । बलिउडमा सफल जोडीको रुपमा यो जोडीको नाम लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *