‘विप्लव’ छोराको नेतृत्वमा मेडिकल विद्यार्थीको आन्दोलन काठमाडौंमा (भिडियो)

काठमाडौं : एमबीबीएस अध्ययनरत विद्यार्थीबाट निजी मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले राजधानीमा विरोध प्रदर्शन गरेका छन्।विद्यार्थीको आन्दोलनकै कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको बुधबारदेखि संचालन हुने भनिएको वार्षिक परीक्षासमेत स्थगित भएको छ।

चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा विद्यार्थीले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। संघर्ष समितिका संयोजक मिलन गैरेले शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। आन्दोलनमा नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्द, मान्यता थापासमेत काठमाडौंको आन्दोलनमा सहभागी भएका छन् ।

चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेजलगायतका कलेजले अतिरिक्त शुल्क असुलेको विद्यार्थीको दाबी छ। बढी शुल्क लिने कलेजलाई कानुन बमोजिम कारवाही गर्न शिक्षा मन्त्रालयले गृह–मन्त्रालयलाई आग्रहसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *