कठै ! हिमानी राज्यलक्ष्मी शाह

काठमाडौं – चिटिक्क मिलेको शरिर। धपक्क बलेको अनुहार। मिजासिलो स्वभाव। उस्तै मिठो बोलिवचन। आहा ! कस्ती राम्री। हेरिरहुँ झै लाग्ने।हिमानी राज्यलक्ष्मी शाह। पुर्व युवराज्ञी। उनलाई देख्ने–भेट्नेहरु मोहित नै हुन्छन्।हुन त अहिले नेपालमा राजसंस्था छैन्। तत्कालिन राजा ज्ञानेन्द्र शाह अहिले नागरिकको हैसियतमा छन्। हिमानी पनि उस्तै आम नागरिक। तर, राजपरिवारप्रति आस्था राख्नेहरु अझै पनि यो परिवारलाई उत्तिकै श्रद्धा गर्छन्।

मुलुकबाट राजसंस्था खारेज भएपछि राजपरिवारले सामान्य जिवनयापन गरिरहेको छ। पुर्वराजा ज्ञानेन्द्र शाह पत्नि कोमल राज्यलक्ष्मी शाहसहित देश–बिदेश भ्रमण गरिरहन्छन्। कहिलेकाँहि नेपाली राजनीतिलाई तरङ्गीत पार्नेगरी केहि बोलिदिन्छन्।

तर, हिमानी भने समाजसेवामा व्यस्त रहन्छिन्। हिमानी ट्रस्टमार्फत उनी विभिन्न सामाजिक क्रियाकलापहरु गरिरहेकी हुन्छिन्। समाजसेवासँगै उनी छोरा हृदयेन्द्र शाह र छोरीहरू पूर्णिका शाह एवं कृतिका शाहसँग समय व्यतित गर्छिन्।मुहारमा सधैँ मुस्कान लिएर हिड्ने हिमानीको मन भने सायद त्यति खुशी छैन् होला। राजखानदानकी बुहारी भएपनि उनले श्रीमानको गतिलो साथ नपाएको धेरै भयो।

श्रीमान पारस शाह र हिमानीबिचको सम्बन्ध सुमधुर छैन्। हुन त उनीहरुको सम्बन्धबिच्छेद नै त भइसकेको छैन्, तर उनीहरु सँगै नबसेको पनि धेरै भयो। कहिलेकाँहि कुनै ‘फङ्सन’मा सँगै देखिनु सायद अपवाद नै होला।

पुर्व युवराज पारस पहिलेदेखी नै बिवादसँग नजिकको सम्बन्ध राख्छन्। अर्कातीर कुलतमा पनि फसेका छन्। राजसंस्था खारेज भएपछि लामो समय थाईल्याण्ड बसेका उनी त्यहाँ लागुऔषधसहित बारम्बार पक्राउ परेका थिए।चर्चाहरुलाई मान्ने हो भने, ‘पारसलाई शाह परिवारले अघोषित घरनिकाला नै गरिसकेको छ।’ श्रीमतीमात्र होईन, पारसको सम्बन्ध बाबुआमासँग पनि सुमधुर छैन्।

पारसको ज्ञानेन्द्र र कोमलसँग बेलामौकामा भेट त हुन्छ। तर पारस आफ्नै तालमा हुन्छन्। राजपरिवार निकट श्रोत भन्छ, ‘उनको ‘बिगडैल रवैया’बाट बाबुआमा पनि आजित छन्।’परिवारसँग पारसको सम्बन्ध टाढिँदै गएपनि बिवादबाट भने उनी कहिल्यै टाढा भएनन्।

शाहज्यादा हुँदा यिनले चलाएको गाडीले ठक्कर दिँदा २०५७ साउन २२ गते गायक प्रवीण गुरुङको मृत्युको बिषय होस वा चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको घटना।अनि हालसालै सडकमा ट्राफिक प्रहरीमाथी अनि त्रिभुवन विमानस्थलमा प्रहरीमाथी जाइलागेको घटना, पारस बिवादमा आईरहन्छन्।

यतिमात्र होईन, पारस केटिसाथीको कारण पनि चर्चा र बिवादमा आइरहन्छन्। थाईल्याण्डमा रहँदा एक युवतीसँगको सम्बन्धका कारण पनि बिवादमा आएका पारस अहिले अर्कि बिवादित पात्र अर्थात युट्युबर सोनिका रोकायासँगको सम्बन्धका कारण चर्चामा छन्।राजधानीका लाउञ्ज अनि पोखरामा सँगै भेटिएका उनीहरुको सम्बन्धबारे अहिले चर्चा परिचर्चा चलिरहेको छ। राजपरिवारसँग लाल्लुक राख्ने पारसले सोनिकासँग राखेको सम्बन्ध धेरैले रुचाएका छैनन्।

यद्धपी, साेनिकाले भने पारससँगको सम्बन्ध, प्रेमसम्बन्ध नभएको बताउदैँ आएकी छिन्। एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा उनले भनेकी छन्, ‘उहाँ (पारस) लाई वर्षौंदेखि पागलजस्तो सोचिएको छ। सबैले पागल र बिग्रिएको भन्दाभन्दै पागल भएका र बनाइएका मान्छे हौं हामी। हामी दुईले सुध्रिन गरेको प्रयासलाई यहाँ अनर्थ लगाइयो। हाम्रो मित्रताले उहाँको घर बिग्रन्न तर मिडियाको गलत बुझाई र समाचार सम्प्रेषणले पारस सरकार र उहाँको परिवारमा गहिरो चोट पुगेको छ।’

पारस र सोनिका दुबैको बिगत बुझेकाहरु भने सोनिकाको यस्तो स्पष्टोक्तिमा कुनै तुक नरहेको प्रतिक्रिया दिन्छन्। सोनिकाकै शब्द सापटी लिएर भन्नुपर्दा परिवारद्वारा बहिस्कृत अनि बिवादित पृष्ठभुमी बोकेका पारस र सोनिकाले एकअर्कालाई साथ दिनु पुर्ण रुपमा गलत नै त नहोला तर, आफ्नो श्रीमानसँग अरु कोहि केटिको नाम यसरी जोडिनु हिमानीको लागि चाँहि कदापी सहि हुन सक्दैन्।

सामाजिक सञ्जालकी एक प्रयाेगकर्ता पुस्पा शाहले लेखेकी छन्, ‘एउटा बिबाहित नारिलाई यो भन्दा ठुलो पीडा के होला? नारि सबै बाढ्न सक्छिन तर श्रीमान कहिल्यै बाढ्न सक्दिनन्। हिमानीले कसरी सहेकी होलिन यो पिडा?’

कठै ! हिमानी राज्यलक्ष्मी शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *