कात्तिक २६ गते मंगलबार सार्वजनिक बिदा घोषणा

काठमाडौं – पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले स्थानीय धार्मिक मेलालाई लक्षित गर्दै कात्तिक २६ गते मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

तिनाउ गाउँपालिकामा महत्त्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताएका छन् ।

तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रस्थित बहिरी बजैसँग चिच्याएर बर माग्ने चलन रहँदै आएको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग बर माग्नका लागि धार्मिक मेला हुन भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

कात्तिक २६ गते कात्तिक पूर्णिमा कात्तिक महिनामा नै परेको योगका कारण भक्तजनको विशेष आकर्षण हुने स्थानीयको दाबी रहेको छ । स्थानीय क्षेत्रमा धार्मिक मेलालाई विशेष महत्वका साथ लिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *