उद्योगपति तथा पूर्वमन्त्री रुप ज्योतिसँगै छोरी सुरुची पनि पक्राउ

काठमाडौं : उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री रूप ज्यतिसँगै उनकी छोरी सुरुची पनि पक्राउ परेकी छिन् । हाउजिङ कारोबारका नाममा ठगी गरेको आरोपमा उद्योगपति रुप ज्योति बिहीबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । विमानस्थलबाट उनीसँगै छोरी सुरुचीलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

बोगटीका अनुसार बालुवाटारका वीरेन्द्रमान श्रेष्ठलगायतलाई ज्योतीले बाँसबारीस्थित हाउजिङको फ्ल्याट एक करोड २६ लाख रुपैयाँमा पास गरिदिन्छु भनेर पैसा बुझेका थिए।

सोही ठगी काण्डमा संलग्न भएको आरोपमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ । बाबुछोरीलाई नै बिहीबार राति पक्राउ गरेपनि प्रहरीले बिहीबार रुप ज्योतिलाई मात्रै पक्राउ गरेका जानकारी दिएको थियो ।

उजुरीका आधारमा ज्योतीलाई पक्राउ गर्न प्रहरीले २०७५ मंसिरमा पक्राउ पूर्जी जारी गरेको थियो। तर, ज्योतीले सर्वोच्च अदालत गई निषेधाज्ञा जारी गराएका थिए। सर्वोच्चले आफ्नै अन्तरिम आदेशको विपक्षमा गत मंगलबार फैसला सुनाएपछि ज्योति पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *