अभिनेत्री तारा सुतारियालाई कसले डेट गरिरहेका छन् ?

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया आफ्नो आगामी फिल्म ‘मरजावाँ’को प्रोमोशनमा निकै ब्यस्त छन् । यो फिल्ममा उनी अभिनेता सिद्धार्थ मल्होत्राको आपोजिटमा देखिदैछन् । अहिलेको समय यी दुवै कलाकार प्रोमोशनमा ब्यस्त छन् ।

यसका साथै अभिनेत्री तारा सुतारिया आफ्नो निजी लाइफका कारण पनि चर्चामा छन् । रिपोर्टका अनुसार अर्की अभिनेत्री करिना कपुरका भाई अदर जैनसँग तारा सुतारियाको अफेयर चलिरहेको छ ।

तारा र अदारलाई कयौं पटक एकसाथ देखिएको थियो । यो विषयमा अभिनेत्री ताराले आफ्नो भनाइ समेत जारी गरिसकेकी छन्, जहाँ उनले –‘मैले यस विषयमा कुनै आधिकारिक घोषणा गरेकी थिइन । हामी लामो समयदेखि सँगै समय विताइरहेका छौं । हामी रेस्टुराँमा जान्छौं । कयौं ठाउँ घुम्न जान्छौं । मैले खुलेर भन्न सक्छु कि यो मेरो लागि विशेष हो । पछिल्लो दिवालीदेखि हामीले एक–अर्कालाई चिन्छौं । आगामी दिनहरुमा पनि हामी सँगै हुनेछौं ।’

रिपोर्टका अनुसार तारा सुतारिया र अदार जैनको पहिलो भेट केही कमन साथीहरुका साथमा भएको थियो । जहाँ उनीहरुले एक–अर्कासँग कुरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *