कालापानी खोज्दै कलाकार पनि पुगे लैनचौर

काठमाडौं : भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि भइरहेको आन्दोलनमा समर्थन जनाउँदै कलाकार पनि लैनचौर पुगेका छन्।हाँस्यकलाकार निर्मल शर्मासहितको टोली लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर आन्दोलनमा सहभागी भएको हो।

अनेरास्ववियु, ग्रेटर नेपाल र अन्य समूहको आन्दोलमा सहभागी भएको कलाकारको टोलीले पनि मातृभूमिलाई मिच्न नदिन संघर्षका लागि तयार रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *