भारतीयका लागि पाकिस्तानले फेरि देखायो मानवता, गर्यो यस्तो महान घोषणा

काठमाडौं । भारतका सिख श्रद्धालुहरुलाई करतारपुर जानको लागि पासपोर्टको आवश्यक पर्ने भएको छ । पाकिस्तानी सेनाका प्रवत्ता मेजर जनरल आसिफ गफुरले सुरक्षाको सवालमा कुनै सम्झौता हुन नसक्ने नभएको र श्रद्धालुहरुलाई पाकिस्तान प्रवेश गर्नका लागी पासपोर्टको आवश्यक्ता पर्ने बताउनु भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले केही दिन अघि करतारपुका लागि श्रद्धालुहरुलाई पासपोर्टको आवश्यकता नपर्ने बताउनु भएको थियो । उहाँले एउटा आईडी कार्ड चाहिने बताउनु भएको थियो । भारतले पाकिस्तानलाई ६ नोभेम्बरमा पासपोर्टको बिषयमा स्पष्ट पार्न आग्रह गरेको थियो । त्यसपछि यसमाथि सेनाको यस्तो बयान आएको हो ।

इमरान खानले ९ नोभेम्बरमा करतारपुर करिडोरको उद्घाटन गर्नु हुने भएको छ । खानले श्रद्धालुहरुलाई १० दिन पहिले रजिस्ट्रेशन गर्नु नपर्ने साथै गुरु नानकको जन्मजयन्तीका दिन (१२ नोभेम्बर) श्रद्धालुहरुबाट कुनै शुल्क नलिने बताउनु भएको थियो । अन्य दिन भने २० डलर वा १४०० (भारु) तिर्नुपर्ने बताइएको छ ।

दुबै देशका बीच भएको छलफलका अनुसार दैनिक पाँच हजार श्रद्धालुहरुलाई दरबारमा प्रवेश गराइने छ । यसका लागि श्रद्धालुहरुसंग भिजा नभए पनि पासपोर्ट भने अनिवार्य चाहिने छ । करिडोरबाट आउँने पाँच हजार श्रद्धालुहरूबाट पाकिस्तानलाई दैनिक एक लाख अमेरिकी डलरको आम्दानी हुन्छ । जुन एक वर्षमा ६५ लाख डलरको आम्दानी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *