पारस मुस्ताङमा रहेका बेला हिमानी शाहले यस्तो लेखिन् भावुक स्टाटस

काठमाडौं । पूर्व युवराज पारस शाह मुस्ताङमा रहेका बेला हिमानी शाहले फेसबुकमार्फत भावुव स्टाटस लेख्नु भएको छ ।शाहको अफिसियल फेसबुकमा यस्तो लेखिएको छ ।

सुगन्धित फूलमा पनि किरा हुन सक्छ ❤चट्टानको भित्र पनि हिरा हुन सक्छ ?सबैले भन्छन् म धेरै मुस्कुराउछु ?तर मुस्कुराउने को ओठमा पनि चिरा हुन सक्छ ?

تم النشر بواسطة ‏‎Himani Shah – हीमानी शाह‎‏ في الأربعاء، ٦ نوفمبر ٢٠١٩

पूर्व युवराज पारस पोखरादेखि म्याग्दीहुँदै बुधबार दिउँसो मुस्ताङ पुग्नु भएको हो । अन्नपूर्ण बेसक्याम्प हुँदै मुस्ताङ पुग्नु भएका शाहको टोलीमा विवादित युट्युवर सोनिका रोकाया पनि देखिएकी छन् ।

हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुग्नु भएका शाहसँगै सोनिका पनि देखिएकी हुन् । सोनिकाले सेयर गरेको भिडियोमा पारस र सोनिका सँगै हेलिकप्टरमा चढेको देखिन्छ।

‘डेआउट विथ पारस सरकार’ भन्दै सोनिकाले राखेको भिडियोमा पारस र सोनिका पिङ खेलिरहेको पनि देखिन्छ । सोनिकासँग पारस नजिक भएपछि निर्मल निवासले हिमानीमाथि डिभोर्स दिन दबाब बढाएका खबर सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *