के राणा दगुबत्तीसँग प्रेममा छिन् राकुल प्रीत?, यस्तो छ उनको भनाइ

पछिल्लो समय अभिनेत्री राकुल प्रीत बलिउड, तमिल तथा तेलेगु सिनेमाहरूमा व्यस्त छिन्। हालै उनी एक बलिउड सिनेमा अनुबन्धित भएकी छिन्। सो सिनेमामा उनी अर्जुन कपुरको जोडी बन्नेछिन्।हाल उनी सिद्धार्थ मल्होत्रा र तारा सुतरियासँग आफ्नो आगामी रिलिज ‘मरजावा’को प्रचार गरिरहेकी छिन्।

यसै सिनेमाको प्रचारका दौरान उनले ‘बाहुबली’ अभिनेता राणा दगुबत्तीसँगको बहुप्रचारित प्रेमसम्बन्धका बारेमा खुलेर कुरा राखिन्।सो क्रममा उनले आफू राणासँग कुनै प्रेमसम्बन्धमा नरहेको स्पष्ट पारिन्।

‘हे भगवान! हामी छिमेकी हौं र राम्रो साथी पनि। लक्ष्मी मंचु पनि हाम्रा साथी हुन्। जहिलेदेखि म सिनेमामा आएँ जबदेखि मेरो र राणाको मित्रता छ’, राकुलले भनिन्।यस्तो स्पष्टिकरणसँगै उनले आफू एक्लै रहेको र सम्बन्धका बारेमा सोच्नुका अलावा आफूसँग गर्नका लागि अन्य थुप्रै काम रहेको बताइन्।

‘छुच्चो हुन भएन, थोरै दिमाग हुनुपर्‍यो र जीवन जिउने उदेश्य भएको हुनुपर्‍यो। मलाई लाग्छ, आजको समयमा प्रेम हराउँदै गएको छ। त्यसैले म ७० को दशकमा जन्मिनुपर्थ्यो भनेर ठट्टा गरिरहन्छु’ आफ्नो रोजाइमा कस्ता पुरूष पर्छन भन्ने बारेमा बताउँदै उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *