नेयमार रियलविरुद्व उत्रने

काठमाडौं । चोटका कारण मैदान बाहिर रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् ।उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् । अघिल्लो महिना ब्राजिलले नाईजेरियाविरुद्व खेलेको मैत्रीपूर्ण फुटबलमा उनले चोट बोेकेका थिए । त्यसपछि नेयमार मैदान बाहिर रहदै आएका छन् ।

नेयमार च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको भ्रमण गर्ने समय मैदान फर्कने तयारी गरेका हुन् । पीएसजीले नोभेम्बर २६ मा अवे खेल अन्तर्गत रियल मड्रिडविरुद्व खेल्दैछ ।

चोट बोक्नु अघि नेयमारले पाँच क्लब खेलमा चार गोल गरेका थिए । २७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ ।गत समर ट्रान्सफरमा नेयमार रियल मड्रिडसंग जोडिएका थिए । तर अन्तिममा उनी फ्रान्समै रहने निश्चित भएको थियो ।

अस्ट्रेलियाले जित्यो शृंखला
पाकिस्तानविरुद्घको तेस्रो तथा अन्तिम टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि अस्ट्रेलिया विजयी भएको छ। घरेलु टोली अस्ट्रेलियाले शुक्रबार सम्पन्न तेस्रो खेलमा पाकिस्तानलाई १० विकेटले हरायो। जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला पनि २—० ले आफ्नो पोल्टामा पार्‍यो। पहिलो खेल अनिर्णित रूपमा सकिएको थियो भने दोस्रो खेलमा अस्ट्रेलिया विजयी भएको थियो।

तेस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६ रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.५ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले अर्धशतक बनाए।

फिन्चले अविजित ५२ रन जोडे। उनले केवल ३६ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए। अर्का ओपनर डेभिड वार्नरले पनि अविजित ४८ रन बनाए। उनले ३५ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए। त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली पाकिस्तानका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो संख्यामा रन बनाउन सके।

इफ्तिखार अहमदले ४५ रन बनाए। उनले ३७ बलको सामना गरी ६ चौका हिर्काए। ओपनर ब्याट्सम्यान इमाम उल हकले टोलीको खातामा १४ रन थपे। अन्य ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बनाउन सकेनन्। अस्ट्रेलियन बलर केन रिचर्डसनले तीन विकेट हात पारे। मिचेल स्टार्क र सिन एबोटले पनि दुई÷दुई विकेट लिए। अर्को एक विकेट एस्टन अगरले लिए।

उक्त खेलमा चार ओभरमा केवल १४ रन दिएर दुई विकेट लिएका अस्ट्रेलियाका सिन एबोट म्यान अफ दी म्याच घोषित भए। उनले दुई क्याच पनि लिएका थिए। अस्ट्रेलियाका स्टिभन स्मिथ प्लेयर अफ दी म्याच घोषित भए।अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै पाकिस्तानका मोहमद हस्नैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *