भारतीय शिख तिर्थालु पाकिस्तान प्रवेश गर्न थाले

नयाँदिल्ली : पाकिस्तानमा पर्ने शिखहरुको ऐतिहासिक तिर्थस्थल कर्तरपुरमा भारतीय शिख समुदायका तिर्थालुहरु प्रवेश गरेका छन् ।सयौंको संख्यामा भारतीय शिखहरु पहिलोपटक आफ्नो ऐतिहासिक तिर्थस्लथ प्रवेश गरेका हुन् । दुई देशबीच नयाँ सम्झौतापछि उनीहरुले अब पाकिस्तानी भूमिमा रहेको उक्त तिर्थस्थल प्रवेश गर्ने अनुमति पाएका हुन् ।

यो प्रक्रियालाई भारत र पाकिस्तानमा महत्वका साथ हेरिएको छ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई धन्यवाद दिएका छन् ।

‘भारतको भावनाको सम्मान गरेकोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई म धन्यवाद दिन चाहन्छु । उनको सहजिकरणका लागि धन्यवाद दिन चाहन्छु,’ मोदीले भनेका छन् ।

मोदीले कर्तरपुर करिडोरको उद्घाटनसँगै यस्तो प्रतिक्रिया दिएका हुन् । यससँगै अब भारतीय शिख समुदाय पाकिस्तानी भूमिमा पर्ने कर्तरपुरमा आवत–जावत गर्न पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *