धोती–कुर्तामा राजेश हमाल झुल्किएपछि वीरगन्जबासी दंग

काठमाडौं। नेपाली चलचित्र जगतका लोकप्रिय अभिनेता राजेश हमाललाई धोती–कुर्ता पहिरन कत्तिको सुहाउला ? यो खबर आजको कान्तिपुर दैैैनिकमा छ।

चलचित्रमा पनि हालसम्म सम्भवत: उनी यस्तो पहिरनमा देखिएका छैनन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा भने हमाल तराई मधेसको मौलिक पहिरन धोती–कुर्ता लगाएर झुल्किँदा दर्शक दंग परे ।

वीरगन्जबासीले प्रतीक्षा गरेको कार्यक्रम ‘सप्तरंगी–२’ मा हमाल आउने बताइएपछि उनलाई नजिकबाट नियाल्न पाउने आशमा दर्शक संख्या अनुमान गरिएभन्दा दोब्बर पुगेको थियो। वीरगन्जको घन्टाघर चोकमा आयोजित कार्यक्रममा दर्शकको चाप निकै बढेपछि अवागमन नै अवरुद्ध हुनपुग्यो । प्रहरी बाटो सुचारु गराउन हैरान देखिन्थे ।

प्रधानमन्त्री ओलीको राजिनामा माग !
भारतले नेपालको भूभाग आफ्नो नक्सामा राखेर निकाल्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसको भन्दै रामेछापमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनाम माग गरिएको छ । देशैभर जनताले आवाज उठाउँदा समेत सरकार मौन बसको भन्दै शुक्रबार साँझ नेविसंघ रामेछापले प्रधानमन्त्रीको राजिनामा माग गर्दै सरकार विरुद्धै नारा लगाएको हो ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा ‘भारतिय हस्तक्षेपको विरुद्ध विरोध र्‍याली’ लेखिएको कालो ब्यानर सहित ‘ओलीको राष्ट्रबाद हेरियो देशकै नक्सा फेरियो’, ‘केपी ओलीको राष्ट्रबाद भारतसँग लम्पसरबाद’ जस्ता नारा लगाउँदै नेविसंघले मन्थली बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पछि देवकोटा चोकमा बिरोध र्‍यालीलाई सम्बोधन गर्दै नेविसंघ रामेछाप प्रदेशसभा ‘ख’ का सभापति उत्तम कार्कीले भारतले नेपालको नक्सालाई आफ्नो भूमीमा राखेर नक्सा सार्वजनिक गर्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसेको भन्दै सरकारकै विरुद्धमा आफूहरु नारा लगाउन बाध्य भएको बताउनुभयो । रामचन्द्र वि.क ले नेपाल समाचार पत्रमा यो खबर लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *