सानै उमेरमा गर्भवती भएका थिए यी ३ बलिउड अभिनेत्री, उमेर नपुग्दै जन्माएका थिए सन्तान !

एजेन्सी – निश्चित र उपयुक्त उमेरमा बच्चा जन्माउँदा मात्रै आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ। डाक्टरहरुको सुझाव मान्ने हो भने एक महिलाले २० देखि ३० वर्षको उमेरको बीचमा बच्चा जन्माउँदा उचित हुन्छ।

डाक्टरहरुले यस्तो सुझाव दिएता पनि हाम्रो समाजमा भने रजस्वला भएपछि बच्चा जन्माउन किशोरीहरु योग्य हुन्छन् भन्ने मान्यता छ। जुन, एकदमै गलत हो। पहिला-पहिला कम उमेरमै बच्चा जन्माउने गरिएता पनि पछिल्ला समयहरुमा भने उमेर नपुगी गर्भधारण नगर्ने चलन बसेको छ।

पहिला सर्वसाधारणले मात्र नभई जानेबुझेका कलाकारले पनि कम उमेरमा सन्तान जन्माउने गरेको थिए। यस्तै कम उमेरमै सन्तान जन्माएका बलिउड कलाकार निम्न छन्।

उर्वशी ढोलकिया

उर्वशी ढोलकिया सानो पर्दा हुँदै बलिउड सम्म यात्रा तय गरेकी अभिनेत्रीको रुपमा चिनिन्छिन्। टेलिभिजन सिरियल ‘कोमोलिका’मा निभाएको भूमिकाको कारण उर्वशी ढोलकिया चर्चित छिन्। तर निजी जीवन भने उनको गुमनाम नै छ। उर्वशीको विवाह १५ वर्षको उमेरमै भएको थियो, १६ वर्षको उमेरमै उर्वशीले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।

भाग्यश्री

‘मैंने प्यार किया’ चलचित्रमा निभाएको भूमिकाले सबैको मन जित्न सफल भएकी भाग्यश्री बलिउडको एक चर्चित नायिकाको रुपमा चिनिन्छिन्। सन् १९९०मा भाग्यश्रीको विवाह कारोबारी हिमालय दसानीसँग विवाह भएको थियो। भाग्यश्रीले पनि कम उमेरमै बच्चा जन्माएकी थिइन्।

डिम्पल कपडिया

डिम्पल आफ्नो समयकी सबै भन्दा हट र बोल्ड नायिका थिइन्। सानै उमेरमा अभिनयमा होमिएकी डिंपलले १६ वर्षकै उमेरमा सुपरस्टार राजेश खन्नासँग विवाह गरेकी थिइन्। पहिलो छोरी ट्विंकललाई जन्म दिँदै डिम्पल मात्र १७ वर्ष थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *