गगन थापाको देशव्यापी आह्वान : केपी ओलीले सुनेनन्, अब चिच्याऔं !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका मागलाई नसुनेको बताउँदै नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले अब चिच्याएर बोल्न देशव्यापी आह्वान गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका मागका सन्दर्भमा सरकार गम्भीर नभएको बताउँदै नेता थापाले चिच्याएर बोल्न आह्वान गरेका हुन् ।

आईतबार सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै नेता थापाले डा. केसीको संघर्ष तपाई–हाम्रा लागि भएको स्पष्ट पारेका छन् । डा. केसी लगातार अनशन बसेर शान्तिपूर्ण रुपमा सरकारलाई दबाब दिइरहेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसी हाल सुदूरपश्चिमको डडेल्धुरा गएर अनशन बसिरहेका छन् । डा. केसीको जीवन रक्षाका लागि सरकारलाई देशव्यापी रुपमा दबाब दिन नेता थापाले सबैलाई आग्रह गरेका छन् ।

डा.गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि! यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय…

تم النشر بواسطة ‏‎Gagan Thapa‎‏ في الأحد، ١٠ نوفمبر ٢٠١٩

उनले फेसबुकमा लेखेका छन्, ‘डा. गोविन्द केसीको संघर्ष न उहाँको लागि हो, न उहाँको आफन्तका लागि ! यो संघर्ष तपाईं हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो । सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीज्यूलाई डा. केसीको अनशनको बारेमा चिच्याएर भनौं, ‘डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर !’mediadabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *