डा. केसीको अनशनबारे प्रधानमन्त्रीलाई गगनको खुला प्रश्न

काठमाडौं : कांग्रेसका नेता गगन थापाले सात दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । डा. केसीको आन्दोलनमा सुरुवातदेखि नै समर्थन गर्दै आएका थापाले डा.केसीका माग अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् ।

उनले डडेलधुरामा अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि सरकारले बेवास्था गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले डा. केसीको माग आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि भएको उल्लेख गरेका छन् ।

‘डा. केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि ! यो संघर्ष तपाईं हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो।सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीलाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ’, थापाले लेखेका छन्, ‘डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *