यस्तो अवस्थामा करेला नखानुहोस्

करेला एउटा भान्सामा पाकिरहने तरकारी हो । तर, यसबाट अचार बनाउन पनि सकिन्छ भने करेलाको जुस बनाएर पनि खाने चलन छ । तर, करेल खाँदा हेरै बिचार गर्नुपर्छ । यहाँ हामीले कस्ता मानिसले करेला खानुहुँदैन भनेर चर्चा गरेका छौं ।

शल्यक्रियापछि

शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

महिनावारीमा समस्या

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

सुरको मात्रा कम हुने

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।

अत्यधिक प्रयोगको असर

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *