फराहको ‘सत्ते पे सत्ता’को रिमेकमा अनुष्का शर्मा ‘हट’ शिक्षिकाको भूमिकामा!

मुम्बई : लामो समयदेखि बलिउडमा फिल्म ‘सत्ते पे सत्ता’को रिमेक बन्ने कुराले निकै चर्चा पाइरहेको छ। १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘सत्ते पे सत्ता’लाई रिमेक गर्न लागिएको हो।

फराहको निर्देशन रहने यस फिल्मलाई रोहित शेट्टीले निर्माण गर्दैछन्। रिमेकमा अभिनेत्री अनुष्का शर्मा ग्ल्यामरस शिक्षिकाको भूमिकामा देखिने चर्चा छ भने फिल्ममा ऋतिक रोशनको पनि अभिनय रहने चर्चा भारतीय मिडियामा छ।

तर फिल्मको कलाकारलाई लिएर भने हालसम्म कुनै ‍औपचारिक घोषणा गरिएको छैन। ‘सत्ते पे सत्ता’ हलिउड फिल्म ‘सेभेन ब्राइड्स ब्रदर्स’ को रिमेक हो।यसअघिको ‘सत्ते पे सत्ता’मा अभिताभ बच्चन र हेमा मालिनीले अभिनय गरेको उक्त फिल्ममा सात भाइको कथालाई देखाइएको थियो।

आयुष्मानको ‘बाला’ ले राख्यो यस्तो रेकर्ड !
आयुष्मान खुरानाको हालै रिलिज भएको फिल्म ‘बाला’ ले पहिलो दिनमा १० करोड १५ लाख भारु कमाइ गरेको छ । योसँगै फिल्म आयुष्मानको करिअरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

‘बाला’ को पहिलो दिनको कमाइ उनको यसअघि रिलिज भएको फिल्म ‘ड्रिम गर्ल’ को भन्दा बढी हो । ‘ड्रिम गर्ल’ ले पहिलो दिन १० करोड ५ लाख कमाइ गरेको थियो ।

आयुष्मानले यो फिल्मले सबैलाई मनोरञ्जनका साथसाथै सशक्त र मजबूत सन्देश दिने बताए । फिल्मको सकारात्मक प्रतिक्रियाबाट उनी प्रभावित छन् ।

फिल्ममा उमेरभन्दा अघि नै कपाल झरेका एक युवकको कथा समेटिएको छ । कपाल झर्ने समस्या भोगिरहेको युवकको जीवनमा आउने घटना क्रमलाई कमेडी शैलीमा फिल्ममा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *