सिल्भालाई एक खेलको प्रतिबन्ध

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भालाई एक खेलको प्रतिबन्ध लागेको छ ।इन्ग्लिश फुटबल एसोसिएसनले आफ्नै टिमका सहकर्मीविरुद्ध सामाजिक संजालमा रंगभेदीय पोस्ट गरेको भन्दै सिल्भालाई प्रतिबन्ध लगाएको हो । यस्तै उनलाई ५० हजार पाउण्ड समेत जरिवाना गरिएको छ ।

पोर्चुगिज मिडफिल्डर सिल्भाले गत असोजमा आफ्नै टिममा सहकर्मी बेन्जामिन मेन्डीलाई स्पेन र पोर्चुगलमा लोकप्रिय चकलेट ब्राण्ड कोङगिटोससँग तुलना गर्दै ट्वीट गरेका थिए । तर, उनले पछि ट्वीट हटाएर ठट्टा गरेको बताएका थिए ।

सिल्भाको पोस्टपछि फुटबल एसोसियसनले छानबिन गरेको थियो । छानबिनको क्रममा उनले जातीय र रंगभेदीय नियम तोडेको र दोषी पाईएको जनाएको छ ।

सलाहाले छनोटका दुई खेल गुमाउने
लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् ।ईजिप्टका अन्तराष्ट्रिय स्टार सलाहाले चोटका कारण केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् ।

२७ बर्षका सलाहा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए ।

‘चोट निको हुन केही समय उपचारको आवश्यकता देखिएको छ ।’ ईजिप्टले बिज्ञप्तीमार्फत भनेको छ ।सलाहाले म्यान्चेष्टर युनाईटेडसंग लिभरपुलले बराबरी खेलेको म्याच समेत गुमाउन पुगेका थिए । लेस्टरका हमजा चौधरीको ट्याकलका कारण उनको चोट बल्झिएको थियो ।

सो ट्याकललाई लिएर लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले समेत आपत्ती जनाएका थिए ।लिभरपुलले प्रिमियर लिगको आगामी खेलमा क्रिस्टल प्यालेससंग नोभेम्बर २३ मा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *