अस्पतालको बदमासी : एम्बुलेन्स चालकलाई भोज, बिरामी ल्याए ७ हजार कमिशन

काठमाडौं : स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनियताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ।यही क्रममा काठमाडौँको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सातहजार कमिसन दिने घोषणा गरेको छ।

बुधबार चितवनका करिब ३५ एम्बुलेन्स चालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पिन वितरण गरिएको खबर नयाँ पत्रिका दैनिकमा छ। नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए।

चितवनका एसपी दानबहादुर मल्लले समयमा थाहा नपाउदा भेलामा सहभागीलाई पक्राउ गर्न नसकिएको बताएका छन्। उनले दोषीमाथि कारबाही गरिने बताए।

स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी
आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ।निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ। मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *