प्रियंका र निकले किने महँगो घर, मूल्य २० मिलियन अमेरिकी डलर

जोनासले अमेरिकाको लस एन्जल्समा महँगो घर किनेका छन्।उनीहरूले २० मिलियन अमेरिकी डलर खर्चेर सो घर किनेका हुन्।यो मूल्य भनेको एक सय ४४ करोड भारू हो। निक र प्रियंकाले किनेको घर करिब २० हजार स्क्वायर फुटमा फैलिएको छ।

प्रियंकाको यस घरमा सात वटा सुत्ने कोठाको साथमा ११ वटा वाथरूम र पर्याप्त खुल्ला स्थान रहेको छ।सन् २०१८ मा विवाह गरेका निक र प्रियंकाको कमाइ क्रमशः २५ र २८ मिलियन डलर रहेको छ।

प्रियंका चोपडाको ट्विटले बबाल, युनिसेफ दूतबाट हटाउन पाकिस्तानको माग
बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले चर्चामा छन्। यो चर्चा उनको नयाँ फिल्म वा श्रीमान निक जोनाससँगको सम्बन्धले होइन।उनले केही महिनाअघि ट्विटरमा दिएको राजनीतिक प्रतिक्रियाका कारण हो।

गत फ्रेबुअरी २६ मा उनले भारतीय सेनाको समर्थन गर्दै ट्विट गरेकी थिइन्। त्यही दिन भारतीय वायु सेनाले पाकिस्तानको पुलवामामा आक्रमण गरेको थियो। त्यतिखेर धेरै बलिउड सेलेब्रेटीहरूले भारतीय सेनाको यो आक्रमण प्रशंसा गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए।

तीमध्ये प्रियंकाले भने ६ महिनापछि आएर उक्त ट्विटको स्पष्टिकरण दिनु परेको छ।मंगलबार अमेरिकाको लस एन्जलस भएको एक कार्यक्रममा प्रियंकालाई पाकिस्तानी–अमेरिकी नागरिक आयशा मल्लिकले उक्त ट्विटमाथि प्रश्न उठाइन्।

आफ्नो परिचय दिएर बोल्न थालेकी आयशाले सोधिन्, ‘प्रियंका, तपाईं युनिसेफकी शान्तिदूत हुनुहुन्छ। तपाईंले मानवता, भाइचारा र शान्तिको कुरा उठाउनुपर्नेमा दुई देशबीच द्वन्द्व र आणविक युद्धलाई बढावा दिन मिल्छ?’

उनले आफ्नो प्रश्नमा हालै कश्मिरमाथि भएको भारतीय हस्तक्षेपको कुरा पनि उठाएकी थिइन्। यसले इदको मौकामा पनि कश्मिरमा रहेका आफ्ना परिवारसँग सम्पर्क गर्न र उनीहरूको सञ्चोबिसञ्चो थाहापाउन नसकेको उनले बताएकी थिइन्।

आयशाले आफ्नो प्रश्न पूरा गर्न नपाउँदै कार्यक्रमका सुरक्षाकर्मीले उनको माइक खोसेका थिए। तै पनि आयशाले आफ्नो भनाइ ठूलो स्वरले बोल्दै पूरा गरिन्। यसपछि प्रियंकाले ‘तिम्रो आक्रोश सकियो? उसो भए सुन।’

‘मेरा धेरै पाकिस्तानी साथीहरू छन्। म युद्ध मनपराउने मान्छे होइन, र युद्धको समर्थन पनि गर्दिनँ। तर म भारतीय हुँ र देशभक्त नागरिक हुँ। मेरो अभिव्यक्तिले मलाई माया गर्नेहरूको भावनामा ठेस पुर्याएको भए, म माफी चाहन्छु। तर मलाई हामी सबै एकै खालका छौं जस्तो लाग्दैन। हामी फरक फरक ध्रुवमा उभिएका भए पनि हामीले बीचको बाटो पहिल्याउनु पर्छ। ठीक त्यसरी नै, जसरी तिमीले गर्यौ। तिमी यहाँ मलाई प्रश्न सोध्न आएकी छौ, तर तिमी धेरै नचिच्याऊ। हामी सबै यहाँ प्रेमका लागि आएका हौं।’

प्रश्नोत्तर सत्रमा आयशाले सामान्य तरिकामा सोधेको प्रश्न पूरा हुन नदिएको घटना र प्रियंकाको जवाफ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चित छ। कतिले प्रियंकाको कुरालाई ‘नोम चोम्स्की’ले बोले जस्तो किन गम्भीर रूपमा लिएको भनेर टिप्पणी पनि गरे।

प्रियंका बलिउड तथा हलिउडमा नाम कमाइसकेकी र संयुक्त राष्ट्रसंघकी सद्भावनादूत हुन्। उनको भनाइले अन्तर्राष्ट्रिय जगतमा ठूलो अर्थ राख्छ। पछिल्लो समय सेलेब्रेटीहरू सामाजिक अभियानमा जोडिने क्रम पनि बढ्दो छ। यो अवस्थामा उनीहरूको क्रियाकलाप र टिप्पणीले समाजमा प्रत्यक्ष प्रभाव पार्छ।

योसँगै पाकिस्तानी मानवअधिकारमन्त्री शिरीन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन युनिसेफसँग माग गरेकी छन्। सार्वजनिक रूपमै द्वन्द्वका बेलामा भारतीय सेनाको समर्थन गरेको भन्दै मन्त्री मजारीले शान्तिदूत जस्तो पदमा कस्तो मान्छे राख्ने भन्नेबारे युनिसेफले विचार पुर्याउनुपर्ने भन्दै ट्विट गरेकी छन्।

भिडिओः टिआरटी वर्ल्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *