फ्रान्सको पुनरागमन जित

एजेन्सी । युरोछनोटमा फ्रान्सले पुनरागमन जित आत्मसाथ गरेको छ ।बिहिबार राति भएको समूह एचको खेलमा फ्रान्सले माल्डोभालाई २–१ गोल अन्तरले हराएको हो ।खेलको नवौ मिनेटमा पछाडी परेको फ्रान्सले दुई गोल गर्दै पुनरागमन जित निकालेको हो ।घरेलु टोली फ्रान्स खेलको नवौ मिनेटमा राटाको गोलमा पछाडी पर्यो ।

राफेल भारानेले ३५ औ मिनटमा फ्रान्सलाई बराबरीमा ल्याउन सफल भएका थिए । ७८ औ मिनेटमा ओलिभर जिराउडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई जित दिलाउन सफल रहे ।जिराउडले पछिल्ला पाँच अन्तराष्ट्रिय खेलमा चार गोल गर्न सफल रहेका छन् ।

फ्रान्स यसअघिनै युरोकपमा छनोट भईसकेको छ । डिडियर डेसच्याम्सको टोलीले आगामी आईतबार अल्बानियाको सामना गर्नेछ । यदी हार टार्न सकेमा मात्र फ्रान्स समूहको शीर्ष स्थानमा रहदै छनोटको अन्त्य गर्नेछ ।

समूह एचको खेलमा फ्रान्सले ९ खेलबाट २२ अंक जोड्यो । माल्डोभा ३ अंक सहित तालिकाको छैटौ स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *