फागुनमा गर्ने भइन आचल शर्माले बिहे

काठमाडौँ । धेरै नेपालि फिल्ममा अभिनय गरिसकेकी नेपालि चर्चित मोडल तथा नायिका आँचल शर्माको विवाहको कुरा लिएर सामाजिक सञ्जालमा चर्चामा रहेकी छिन् ।अभिनेत्री आँचलले केही समय पहिले आफू डा. उदिप श्रेष्ठ सँग गहिरो प्रेममा रहेको खुलाएकी थिइन् ।

करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । एक वर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्देछन् ।

नायिका आँचलले हालै एक मिडियामा आगामी फागुनमा बिहे गर्ने फाइनल भएको बताएकी छिन् । आगामी फागुनमा बिबाह गर्ने तयारीमा भए पनि कुन दिन बिबाह गर्ने भन्ने टुङगो नभएको उनले बताएकी छिन् । आंचलले उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताएकी छिन् ।

जोनी जेन्टलम्यान, नाइ नभन्नु ल ४, सत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा अभिनय गरिसकेकी आँचल अब चलचित्र ‘झिंगे दाउ’ मा खेल्ने तयारीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *