प्रधानमन्त्रीद्वारा माथिल्लो त्रिशूली थ्री-ए उद्घाटन, दैनिक १४ लाख ४० हजार युनिट बिजुली उत्पादन हुने

काठमाडाैँ, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उदघाटन गर्नुभएको छ ।

आज सिंहदरबारबाट नै प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गर्नुभएको हो । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्रीले ‘वार रुम’बाट स्वीच थिचेर उद्घाटन गर्नुभएको थियो ।

आयोजनाको पहिलो ३० मेगावाट गत जेठ ३ गतेबाट नै परीक्षण उत्पाद सुरु भएको थियो भने ३० मेगावाटबाट साउन १७ गतेबाट परीक्षण उत्पादन सुरु भएको थियो ।

सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *