हुन सकेन मन्त्रीमण्डल पुनर्गठन, यस्तो छ कारण

काठमाडौं, २ मंसिर । आज हुने भनिएको मन्त्रिमण्डल पूनर्गठन नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको सचिवालय बैठकले मन्त्रिमण्डलवारे निर्णय गर्ने संद्धान्तिक अनुमति प्रधानमन्त्री ओलीलाई दिएको थियो । त्यसपछि वालुवाटार र प्रचण्ड निवास खुमलटारमा मन्त्रीवाट हटाइने सम्भावना भएका र मन्त्री बन्ने सम्भावना भएकाहरुको छलफल र भिडभाड बडेको थियो ।

आइतवार विहानै देखि वालुवाटार र खुमलटारमा छुट्टा छुट्टै छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले पछिल्लो समय आफू नयाँ ढंगले अघि बढ्न चाहेको बताउँदै सोहीअनुसार आफ्नो सचिवालय टिमको सेट नै परिवर्तन गरेका छन् । आफ्नो सचिवालय टिममा उनले पूराना सदस्यमा राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकारलाई मात्र निरन्तरता दिएका छन् ।

मन्त्रीहरुको प्रस्तुति खासै प्रभावकारी नभएकोले सरकारले आलोचना खेप्नु परे पछि प्रधानमन्त्रीले पुनगर्ठन गर्ने निर्णय लिएका थिए । सोहीअनुसार उनले नयाँ टिम बनाउन लागेका छन् । सचिवालय बैठकले पनि मन्त्री कसलाई बनाउने क–कसलाई हटाउने सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई नै दिएको छ । तर, सचिवालय बैठकले मन्त्री बनाउँदा समावेशी बनाउन आग्रह गरिएको छ ।

आज साँझसम्म मन्त्रिमण्डल पूनर्गठन गर्ने भनिएपनि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँगको छलफल नसकिएका कारण आज सम्भावना नभएको बताइएको छ । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेताहरुसंगको छलफल नसकिका कारण आज मन्त्रीमण्डल पुनर्गठन नहुने बताए । उनले एक दुई दिन हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *