झडपमा ज:लेर घाइते असई कल्पना खड्काको बढुवा

काडमाडौं : प्रदर्शनकारीको आ क्रमणबाट जिउ ज:लेर घाइते भएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्काको प्रहरी नायब निरीक्षक (सई) बढुवा भइएको छ। उनलाई नेपाल प्रहरीको पिसिजी बैठकले बढुवा गर्ने निर्णय गरेको हो।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा झ:डप हुँदा आ:क्रमणकारीले प्रहरीमाथि पे:ट्रोल छ:र्केर आगो लगाएका थिए। सोही क्रममा खड्का जलेर घाइते भएकी थिइन्।

घटना यस्तो थियो : गएको जेठको ३ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका १२ मा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर सङ्कलन गर्ने ढाँटमा आगजनी भएको थियो ।

प्रदेशसभाका सांसद कृष्णप्रसाद खनालको उपस्थितिमा स्थानीयको एक समूहले सडक दस्तुर संकलन केन्द्रमा आगजनी गरिएको थियो । आगजनीका क्रममा एक जना प्रहरी सहायक निरीक्षक कल्पना खड्का गम्भीर घाइते भएकी थिइन् । आन्दोलनकारीले आगो लगाएपछि असई पौडेलको जिउको केही भाग जल्न पुगेको थियो।

प्रशासनले ढाट हटाउन अटेर गरेपछि रत्नगर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यापारीहरु र स्थानीय शुक्रबार बिहार ढाट जलाउन गोद्राङ पुगेका थिए। उनीहरुको कर संकलन केन्द्र भरतपुरमा नभएर चितवनको सिमामा राख्नु पर्ने माग छ।

सडक कर उठाउने पुरानो कन्ट्रयाक बैशाख मसान्तबाट सकिएको थियो। कर उठाउने नयाँ कन्ट्रयाक भने मौलाकालिका कन्स्ट्रक्सनले पाएको थियो। मौलाकालिका कन्ट्रक्सनका अध्यक्ष अमृत भट्टचनले ६ करोड ५१ हजार रुपैयाँ बुझाउने सर्तमा कन्ट्रयाक पाएका थिए। रत्ननगर उद्योग वाणिज्य संघले गोन्द्राङबाट कर हटाउन विरोध गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *