सिद्धबाबा सुरुङ मार्ग : एक महिनाभित्रै टेन्डर आह्वान हुने

काठमाडौं : बुटवल–पाल्पा सडकअन्तर्गत पर्ने सिद्धबाबा सुरुङ मार्ग बन्ने भएको छ। उक्त सुरूङ मार्ग निर्माणको ठेक्कका प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सोमबार सहमति दिएको हो।

अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्कका प्रक्रिया अघि बढाउन सहमति प्रदान गरेको छ। मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँमा प्रदान गर्ने निर्णय गरेके थियो।

सुरुङ मार्ग निर्माणको ठेक्का सडक विभागले छिट्टै गर्ने मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *